२० वर्षको प्रयासपछि बल्लतल्ल जन्मिएकी एक्ली छोरी, आमाले भनिन् ‘पोष्टमार्टम नगरिदिनु’

बिहेको २० वर्षसम्म अनेकौं उपचार, धर्मकर्म, पूजापाठ गरेपछि बल्लतल्ल जन्मिएकी एक्ली छोरीको दुर्घटनामा मृत्यु भएपछि ती आमाको अवस्था कस्तो होला ? भारतको इन्दौरमा दिल्ली पब्लिक स्कुलमा ३ कक्षामा पढ्ने श्रुती लुधियानीको मृत्यु भएपछि अस्पताल पुगेकी उनकी आमाले डाक्टरहरुलाई छोरीको पोष्टमार्टम नै नगर्न अनुरोध गरिन् ।

२० वर्षको प्रयासपछि जन्मिएकी एक्ली छोरीको मृत्युले पूरै परिवार शोकमग्न छ । दुर्घटनामा श्रुतीसहित बस चालक र अन्य ३ बालबालिका गरी ५ जनाको मृत्यु भएको थियो । शुक्रबार स्कुल विदा भएपछि बालबालिका लिएर घर छोड्न हिँडेको बस ट्रकसँग ठोक्किँदा अन्य बालबालिका घाइते छन् । यीमध्ये दुईको अवस्था निकै गम्भीर रहेको बताइएको छ ।

The post २० वर्षको प्रयासपछि बल्लतल्ल जन्मिएकी एक्ली छोरी, आमाले भनिन् ‘पोष्टमार्टम नगरिदिनु’ appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.