दिदीको दुःख देखेर बहिनीले भिनाजुको गर्भ बोकिन,कारण यस्तो छ

गर्भासयमा भएको क्यान्सरका कारण आमा बन्न नसक्ने बताएपछि सिवोन टेरी निकै दुःखी भइन् । आमा बनेर आफ्नो दुई वर्षकी छोरी शेशालाई भाइ वा बहिनी दिने उनको इच्छा थियो । ****दक्षिणपूर्वी लण्डनका ३१ वर्षकी सिवोन र उनका ५१ वर्षे पती डीनले अब फेरि आमा बाबु बन्ने इन्छा मारिसकेका थिए । सिवोनले आफैं उपचारमा समेत ध्यान दिन छाडेकी थिइन् । तर, उपचार नगर्ने हो भने दिदीको ज्यान जाने खबर सुनेपछि एली फेयरफाक्स आफ्नो गर्भ स्वयंमसेवाका रुपमा लगाउन हिचकिचाइनन् ।

‘एलीले मलाई अंगालो हालिन् र सहजै भनि् कि तिम्रो लागि म बच्चा जन्माइदिन्छु’ आफ्नो लागि बहिनीले गरेको त्याग सम्झँदै सिवोनले भनेकी छन् । चिकित्सकीय पद्धतिबाट टेरीको विर्य प्रयोग गरेर एली गर्भवती भएकी छन् र उनीहरु परिवारमा नयाँ सदस्यको आगमन हुने दिन गनेर बसेका छन् । एलीले भन्छिन-क्यान्सरविरुद्ध लड्दै गरेको दिदीलाई देख्दा निकै गाह्रो हुन्थ्यो । त्यसमाथि आमा बन्न नसक्ने भन्ने थाहा पाएपछि उहाँ झनै निराश हुनु भो । त्यसैले उनका लागि बच्चा जन्माइदिनु मेरो लागि सहज निर्णय थियो ।’ from भक्तपुर डट् नेट # The Daily NepalBaat #

The post दिदीको दुःख देखेर बहिनीले भिनाजुको गर्भ बोकिन,कारण यस्तो छ appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.