आत्तिएर चिच्याउँदै जिउँदै जले ५ जना, बाहिर बसेर हेरिरह्यो उद्धार टोलीले

घरमा बिजुली सर्ट भएर आगो लाग्दा एकै परिवारका ५ जनाको जिउँदै जलेर ज्यान गएको छ । उनीहरु जल्दै गर्दा घटनास्थलमा उद्धार टोली आइसकेको भए पनि टोलीले बाहिर बसेर हेर्नुबाहेक केही गर्न सकेन । आगोमा जलेर एकै परिवारका हजुरबुवा, नाती दुई नातिनीसहित ५ जनाको ज्यान भएको छ । उद्धार टोली समयमै आएको भए पनि उनीहरुले दमकलमा पाइप फिट गर्न र भर्याङ लगाउनसमेत भ्याएनन् । उनीहरु दमकल लिएर आउँदा पनि चप्पल लगाएर बिना मास्क आएका थिए । उद्धार टोलीले नै लापरवाही गर्दा उनीहरुको ज्यान गएको छिमेकीले आरोप लगाएका छन् ।

शनिबार बिहान ४ बजे घरमा आगो लागेको हो । भारतको जयपुरको विद्याधर नगरमा बस्ने संजीव गर्गको घरमा आगो लाग्दा संजयका पिता महेन्द्र गर्ग, छोरीहरु अपूर्वा, अर्पिता, छोरा अनिमेष र संजीवका सालाका छोरा सौर्यको ज्यान गएको हो । सौर्य माघेसंक्रान्ति मनाउन दुई दिनअघि आएका थिए । प्रत्यक्षदर्शी छिमेकीका अनुसार करिब ५ देखि ७ मिनेटसम्म मृतकहरुले सहयोगका लागि चिच्याउँदै गुहार मागेका थिए । तर छिमेकीहरु आगो ठूलो भएका कारण समयमै सहयोग गर्न हिम्मत गरेनन् । छिमेकीहरुका अनुसार समयमै उद्धार गर्न सकिएको भए अनिमेष र सौर्यको ज्यान बचाउन सकिन्थ्यो । उनीहरुसम्म आगो नपुगेको र उनीहरु निसास्सिएर मरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

प्रहरीले बिहान साढे ४ बजे सूचना पाएको थियो । सूचना पाउनासाथ एक किलोमिटर टाढाबाट प्रहरी चार मिनेटमै पुगेको थियो । प्रहरीले दमकललाई लगातार फोन गरेको भए पनि मात्रै ३ सय मिटर टाढाबाट आउन दमकललाई १ घण्टा लाग्यो । घटनास्थलमा ४ मिनेटको अन्तरालमा पाँच फयर ब्रिगेड टोली पुगे तर कुनै टोलीले पनि आगो निभाउन सकेनन् । टोलीसँग झ्याल ढोका फुटाउनका लागि हतियार पनि नभएको बताइएको छ । घटनापछि प्रशासनले ३ जना फायर ब्रिगेडकर्मीलाई निलम्बित गरेको छ । dcnepal

The post आत्तिएर चिच्याउँदै जिउँदै जले ५ जना, बाहिर बसेर हेरिरह्यो उद्धार टोलीले appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.