स्याङजा – स्याङजाको वालिङ नगरपालिका–६ थापाडाँडामा पर्ने ग्रामीण सडकमा बम फेला परेको छ।
ग्रामीण सडकको बीच बाटोमा माटोसँगै गडेको अवस्थामा ३६ ह्याण्डको ग्रिनेट बम फेला परेको वडा प्रहरी कार्यालय वालिङका मुद्दा फाँटका प्रमुख सई नवराज केसीले जानकारी दिए।
बम सशस्त्र युद्धका बेला माओवादीले लुकाएको हुनसक्ने आशंका गरिएको छ।
सडक हिड्ने क्रममा स्थानीय हिरा बहादुर क्षेत्रीले शंकास्पद बस्तुदेखेपछि वडा प्रहरी कार्यालय वालिङलाई खबर गरेका थिए। बिहान १० बजेबाट त्रसित बनेका स्थानीय साँझ सम्म बमको व्यवस्थापन नहुँदा त्रसित छन्।
वालिङबाट गएको प्रहरी, सशस्त्र र स्याङजाबाट खटिएको सेनाको टोलीलाई बम निष्कृय गर्न असहज भएपछी पोखराको कालीभञ्याङ गुल्मबाट सेनाको टोली आउने भएको छ। Source: nagariknews
The post सडकमा बम फेला, सेनाले डिस्पोज गर्न सकेन appeared first on Taja nepali news.
http://ift.tt/eA8V8J

Post a Comment
Thanks.