दिपायलमा फेरी झडप : ३ जना घाइते, सेना परिचालन

दिपायलमा फेरी झडप भएको छ । झडपका क्रममा दिपायलका घनश्याम दत्त पाठक, पुष्कर द्धारीया घाइते भएका छन् भने थप एक जना पनि घाइते भएको प्रहरीले जानकारी दिए । घाइतेको पूर्ण विवरण आउन बाँकी रहेको संघर्ष समितिका सदस्य तेज डुम्रेलले जानकारी दिए ।

घाइतेको राजपुरस्थित महाकाली मेडिकल हलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । डोटी बन्दको २५औं दिन आज पनि जारी छ । क्षेत्रिय शिक्षा निर्देशनालयको भवनमा आन्दोलनकारीले तोडफोड गरेपछि प्रहरी र आन्दोलनकारीकाबीचमा झडप भएको हो । शुक्रबार सिलगढीमा पनि प्रहरी र आन्दोलनकारीबीच झडप भएको थियो ।

सुरक्षा व्यवस्था कडा

शुक्रबार सिलगढीमा प्रहरी र आन्दोलनकारीबीच झडप भएपछि स्थानीय प्रशासनले उच्च सर्तकता बढाएको छ । विभिन्न जिल्लाबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी डोटीको सुरक्षार्थ खटाइएको छ । दिपायल र सिलगढी सुरक्षार्थ करिव २ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । आन्दोलनकारीले प्रहरीमाथि पनि आक्रमण उत्रिएपछि स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको जनाएको छ ।

अघोषित सेना परिचालन

डोटीमा अघोषितरुपमा सेना परिचालन गरिएको छ । सेना परिचालनको विषय जिल्ला सुरक्षा समितिका प्रमुख तथा प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद खत्रीले अस्वीकार गरे । तर, सिलगढीमा झडप भएपछि आज साँझबाट सिलगढी तथा दिपायल बजारमा सेनाले गस्ती गरिरहेको छ । सेना परिचालन बारे प्रमुख जिल्ला अधिकारी खत्रीले भने, ‘हामीले त्यस्तो कुनै निर्णय गरेका छैनौँ, उहाँहरुको नियमित कार्यक्रम हुन सक्छ ।’ नयाँ पत्रिकाबाट

The post दिपायलमा फेरी झडप : ३ जना घाइते, सेना परिचालन appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.