सलमान खानलाई २४ सय सुरक्षाकर्मीले सुरक्षा दिने, यस्तो छ टिकटको दर

काठमाण्डु, १० माघ – बलिउड सुपर स्टार सलमान खान नेपाल आउने निश्चित भएको छ ।

फागुन २६ गते काठमाण्डुको टुँडिखेलमा हुने कार्यक्रममा सलमानसँगै बलिउडका अन्य कलाकारहरु पनि आउने आयोजक ओडीसी इन्टरटेनमेन्टले जनाएको छ । सलमान जेट एयरलाइन्सको विमानबाट २५ गते काठमाण्डु आइपुग्नेछन् । ७ जना कलाकारका साथमा ९० जनाको टोली होटल सोल्टीमा बस्ने बताइएको छ । जम्मा तीन दिन सलमान नेपाल बस्नेछन् ।

उनीसँगै कार्यक्रममा नायिका सोनाक्षी सिन्हा, निर्देशक प्रभु देवा, डेजी शाह, कृति सेनोन र पञ्जाबी भाँगडा डान्सर ‘मिड बोस’ पनि आउने आयोजकले जनाएको छ । सलमान आउने पक्का भएपछि प्रचार प्रसार सुरु गरेको ओडीसी इन्टरटेनमेन्टका सिमान्त गुरुङले जानकारी दिए । कार्यक्रम हेर्न टिकट काट्नुपर्ने गुरुङले बताए । उनका अनुसार कार्यक्रम हेर्ने ठाउँअनुसार टिकट दर फरक फरक तोकिएको छ ।

उनलाई १५ सयभन्दा धेरै सुरक्षाकर्मीले कार्यक्रमस्थलमा सुरक्षा दिने , ५ सय प्राइभेट सुरक्षाकर्मी परिचालन गरिने र ४ सयजना स्वयंसेवकले कार्यक्रमलाई व्यवबस्थित गर्नेछन् । कार्यक्रमको टिकट ग्लोबल आईएमई बैंकबाट पाइने छ । टिकट ३ हजार, ५ हजार र १० हजार दरका हुनेछ । सलमान सन् १९९४ पछि दोस्रो पल्ट नेपाल आउन लागेका हुन् । kathmandutoday

The post सलमान खानलाई २४ सय सुरक्षाकर्मीले सुरक्षा दिने, यस्तो छ टिकटको दर appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.