हाँस्यकलाकार मनोज गजुरेल दम्पत्तिको डिभोर्स ! यसरी भएको थियो भेट (भिडियो सहित)

काठमाडौं, माघ ४ – हाँस्यकलाकार मनोज गजुरेल दम्पत्तिको सम्बन्ध विच्छेदको समाचारले हाँस्यकर्मी मात्रै हैन उनका शुभचिन्तक पनि आश्चर्यमा परेका छन् ।

मनोज र उनकी पत्नि मिनाले केही समय देखिको आपसी असमझदारीलाई समझदारीमा टुङ्गयाएका छन् । विशेष स्रोतका अनुसार मनोज र मिनासँगै दुवै पक्षको पारिवारिक सहमति र सल्लाहपछि उनीहरु व्यवहारिक, कानुनी र आर्थिक रुपमा अलग–अलग भएका हुन् ।

सम्बन्ध विच्छेदको कारणका बारेमा हालसम्म दुवैले मुख खोलेका छैनन् । बुझिए अनुसार विचारमा असहमति भएको हो । त्यसैले दुवैले कारण सार्वजनिक गर्नु पर्ने कुनै तर्क छैन भनिरहेका छन् । केही हप्तादेखि मनोज र मिना अलग–अलग बस्न थालेका थिए । कानुनी रुपमा यही पुस ११ गते अलग भएपछि मनोज गजुरेल छोरासँग बालकोट घरमा बस्दै आएका छन् भने मिना छोरी मेमोरी गजुरेलसँग नयाँ बानेश्वरमा बस्दै आएकी छिन् ।

मनोजसँग सम्बन्ध विच्छेद गरेलगत्तै मिना बुटिक सञ्चालन गर्ने तयारीमा छिन् । उता मनोज पनि सम्बन्ध विच्छेदको पीडा बिर्सेर नियमित लयमा फर्कदै छन् । मनोज केही समयपछि दर्शक हँसाउनका लागि ओमान र बहराइन जाँदै छन् । यो निर्णयलाई दुवैले सम्बन्धको ह्याप्पी इण्डिङका रुपमा लिएको प्रतिकृया दिएका छन् ।
२०५३ सालमा सुरु भएको थियो वैवाहिक यात्रा

२०५२ सालमा पहिलो पटक भेट भएर केही समय एक अर्काको प्रेममा रमाएको यो जोडीले २०५३ सालको वैशाखमा काठमाडौंको गुहेश्वरी मन्दिरमा विवाह गरेका थिए । पुतलीसडकमा पसल गर्ने क्रममा मनोजले मिनालाई पहिलो पटक देखेका थिए । देख्दादेख्दै मिना मनोजलाई मन पर्न थालिन् । खासमा मिना मनोजको पसल अगाडिको एउटा अफिसमा काम गर्थिन् । यही क्रममा मनोजले मिनालाई भेट्ने अवसर पाएका थिए ।

मिनालाई मन पराएपछि मनोजले उनको अफिसको नम्बर खोजेर झण्डै दुई महिना जति ब्लफकल गरे । पछि उनीहरुले भेटघाट गरे । उनीहरुको भेट प्रेममा परिणत भयो र पछि विवाह पनि । केही समय अघि फर्सी नेटवर्कको ‘पीरती’ मा मनोज र मिनाले यसरी सेयर गरेका थिए पीरतीका कुरा ।


-उज्यालो र गफगाफ डट कमको सहकार्य

The post हाँस्यकलाकार मनोज गजुरेल दम्पत्तिको डिभोर्स ! यसरी भएको थियो भेट (भिडियो सहित) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.