प्रभाषपछि करण जोहरको अफरलाई अनुष्काले पनि गरिन् अस्विकार

चर्चित फिल्म ‘बाहुबली’मा देवसेनाको भूमिका निर्वाह गरेकी तेलुगु नायिका अनुष्का शेट्टीले बलिउडमा डेब्यु गर्न अस्विकार गरेकी छिन् । अनुष्काले बलिउडका चर्चित निर्माता तथा निर्देशक करण जोहरको फिल्म खेल्न अस्विकार गरेकी हुन् । केहीदिन अघि मात्रै प्रभासले पनि करणको फिल्मबाट बलिउडमा डेब्यु गर्न अस्विकार गरेको खबर बाहिरिएको थियो ।

भारतका विभिन्न संचार माध्यमहरुका अनुसार करण जोहरले अनुष्कालाई आफ्नो फिल्मबाट बलिउडमा डेब्यू गराउने अफर राखेका थिए । तर, उनले करणको अफरलाई ठाडै ठाउँको ठाउँ अस्वीकार गरेको खबर सार्वजनिक भएको छ । अनुष्काले आफु नयाँ फिल्म ‘भगमति’मा व्यस्त भएको कारण समयको अभाव देखाउँदै करणको अफर अस्वीकार गरेको बताएकी छिन् ।

उनले फिल्मको अफर अस्विकार गरेको भने पहिलो चोटी होइन । यसअघि पनि उनले कमल हसनको अफरलाई पनि अस्विकार गरिसकेकी छिन् । यो वर्ष २०११ को कुरा हो, यस खबरले साउथ फिल्म इन्डस्ट्रीमा तहल्का मच्चाएको थियो । कमल हासनले अनुष्कालाई आफ्नो फिल्म ‘विश्‍वरुपम’को लागि अफर दिएका थिए तर अनुश्काले आफुसँग समय नभएको भन्दै उक्त अफरलाई पनि अस्विकार गरेकी थिइन् ।

The post प्रभाषपछि करण जोहरको अफरलाई अनुष्काले पनि गरिन् अस्विकार appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.