अञ्जु पन्तलाई धरधर्ती रुवाएर दोस्रो बिहे गरेका मनोजराजलाई अन्जुले भनिन यातना मात्रै दिनु भएन मलाई कहिले काही ………………

काठमाडौँ । ६ हजार बढी गीतमा स्वर दिएकी अन्जु पन्तलाई लाग्छ ७० प्रतिशत गीतमा आँसुको भाका मिसिएको छ । आफ्नो गीत सुनेर रुनेहरू धेरै भेटेकी छन् । अरू मात्रै होइन उनी आफैं पनि आफ्नै गीत सुनेर रोएकी छन् पटकपटक । आजको राजधानीमा खबर छ । प्रायः विदेश जाँदा ट्रान्जिट पर्दा उनी आफ्नै गीत सुन्छिन् र रुन्छिन् । यात्रामा कोसेलीस्वरूप आफ्ना थुप्रै गीत मोबाइलमा राख्छिन् उनी । तिम्रो आँखामा …बोलको गीत रेकर्डिङ गर्दै गर्दा उनको आँखाबाट आँसु झरेको थियो । अहिले सिंगल छिन् अन्जु तर, उनले आफूलाई सिंगल महसुस गरेकी छैनन् । उनी कार्यक्रमका लागि जहाँ जान्छिन् । सपरिवार पुग्छिन् । कार्यक्रम आयोजकलाई पहिल्यै भन्छिन्, ‘मलाई बोलाउने हो भने मेरो परिवारका सदस्यलाई पनि सँगै लैजानुपर्छ । चारजनाका लागि टिकट काट्न लगाउँछु ।’

वैवाहिक जीवनमा सम्बन्ध विच्छेद गरेपछि उनलाई धेरै प्रस्ताव आए विवाह गर्नुपर्छ भनेर । पुनः विवाह गर्न मन छैन । एकपटक वैवाहिक जीवन भोगिसकेकी अन्जुलाई अहिले पनि लाग्छ, ‘विवाह जीवनका लागि एउटा काँडा हो । जब एउटा काँडा झिकिसकेको छ भने अर्को काँडा किन रोप्ने ?’ उल्टै प्रश्न गरिन् उनले । जीवनमा एउटा पाठ सिकाउन सहयोग गरेकोमा मनोजराजलाई धन्यवाद पनि दिन्छिन् । मनोजले उनलाई यातना मात्रै दिएनन् । कहिलेकाहीँ माया पनि गरे । फरक यत्ति हो, माया थोरै गरे, यातना धेरै दिए ।दोस्रो बिहे गरेका मनोजराजलाई अन्जुले सुझाव दिँदै भनिन्, ‘तपाईको घरमा आमा, दिदी र श्रीमती हुनुहुन्छ, उहाँहरूलाई शीतल छहारी दिनुस् ।’

The post अञ्जु पन्तलाई धरधर्ती रुवाएर दोस्रो बिहे गरेका मनोजराजलाई अन्जुले भनिन यातना मात्रै दिनु भएन मलाई कहिले काही ……………… appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.