बिहे भएकै दिन जीप दुर्घटनामा इन्स्पेक्टर दम्पतीको गयो ज्यान , अरू पाँचको पनि मृत्यु

अमरराज पुन/रूकुम। सँगै बाँच्ने सँगै मर्ने कसम खाँदै लगन गाँठो कसेकै दिन मृत्युवरण गर्नुपर्छ भन्ने कल्पना सायदै कसैले गर्न सक्ला । तर, रूकुममा मुटु कमाउने यस्तै भयावह दुर्घटनामा परेर बेहुला बेहुलीसहित सातजनाले ज्यान गुमाउनुपरेको छ।

रूकुममा शुक्रबार राति भएको एउटा सवारी दुर्घटना वैवाहिक जीवनमा बाँधिएका प्रहरी निरीक्षक नवीन श्रेष्ठ र उहाँकी नवविवाहित पत्नी प्रहरी निरीक्षक अनिता प्रधानले ज्यान गुमाएका छन् ।

बिहेकै दिन बेहुला बेहुली नै मृत्युवरण गर्नुपरेको यो डरलाग्दो दुर्घटनाको समाचारले जो कोहीको मुटु कमाउँछ । तर, हामी तपाइँहरूमाझ यो समाचार ल्याउन विवश छाैँ ।

पूर्वी रुकुमको सदरमुकाम रुकुमकोटबाट पश्चिम रुकुमको सदरमुकाम मुसीकोट आइरहेको ग १ ज ४२६० नम्बरको जीप मुसीकोट नगरपालिकाको वडा नं. ६ साँखमा दुर्घटनामा पर्दा नवविवाहित दम्पत्तिसहित सातजनाले ज्यान गुमाएका हुन् । रुकुमकोट निवासी प्रहरी इन्सपेक्टर नवीन श्रेष्ठ र उनकी नवविवाहित पत्नी प्रहरी इन्सपेक्टर अनिता प्रधानले पनि यो दुर्घटनामा मृत्युवरण गर्नु परेको छ ।

दुर्घटनामा ७ जनाको ज्यान जिल्ला प्रहरी कार्यालय रूकुमले जानकारी दिएको छ । दुघर्टनामा परेको जीप मध्यपहाडी लोकमार्गबाट झण्डै एक सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

यो दुर्घटनामा नवविवाहित जोडीसहित मुसीकोट नगरपालिका वडा नं. १ का जनक शाह, सुदन श्रेष्ठ, शेरबहादुर श्रेष्ठ र मुसीकोट नगरपालिका वडा नं. ४ की सुधा मल्लले ज्यान गुमाएका छन् ।

ज्यान गुमाउनेमा त्रिवेणी गाँउपालिका वडा नं. १ की यमुना मल्ल पनि रहेकी छन् । दुर्घटनामा घाइते भएकाहरुलाई उपचारका लागि जिल्ला अस्पताल रूकुम पुर्याइएको छ । eallnepal बाट

The post बिहे भएकै दिन जीप दुर्घटनामा इन्स्पेक्टर दम्पतीको गयो ज्यान , अरू पाँचको पनि मृत्यु appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.