हरेक व्यक्ति करोडपति भएको, विश्वकै धनी गाउँ

हरेक गाउमा कोहि मात्र धनि मान्छे हुने गर्दछन । तर संसारमा यस्तो एउटा गाउ छ जहा सबै व्यक्ति धनि छन् । गाउँको नाम सुन्नेबित्तिकै धेरै मानिसको मनमा कच्ची घर, भत्किएका सडक, बिजुली–पानीको सुविधा नभएको तस्बीर आउँछ । यद्यपि विश्वमा यस्तो पनि गाउँ छ, जहाँको प्रत्येक मानिससँग आलिशान महल, टल्किने गाडी र खातामा दुई करोड रुपैयाँभन्दा बढी सम्पत्ति छ । कुनै काल्पनिक कथा होइन, यो चीनको एक वास्तविक गाउँ हो ।

चीनको जियाङसु प्रान्तमा रहेको हुवाक्सी गाउँलाई विश्वको सबैभन्दा धनी गाउँको रुपमा मानिने गरिएको छ । यो गाउँलाई चीनको ‘सुपर भिलेज’को रुपमा पनि चिनिने गरिएको छ । यो गाउँ चीनको आर्थिक राजधानी संघाईभन्दा १३५ किलोमिटरको दूरीमा रहेको छ । यो गाउँमा एक दर्जनभन्दा बढी मल्टिनेसनल कम्पनीहरु रहेका छन् ।

यो गाउँ इतिहासमा भने यस्तो धनी थिएन । कुनै समय यो गाउँको मानिसहरु निकै गरिब थिए । यो गाउँलाई स्थानीय कम्युनिष्ट पार्टीका नेता वू रेनाबोले सफलताको शिखरमा पु¥याएका थिए । यो गाउँमा उल्लेख्य मात्रामा खेती पनि हुने गरेको छ । रेनाबोले सामूहिक खेतीलाई बढावा दिँदै अन्तर्राष्ट्रिय कम्पनीहरुलाई पनि आकर्षित गरेका थिए ।

अहिले यो गाउँमा विदेशी कम्पनीहरुले कराडौं डलर लगानी गरिरहेका छन् । यो गाउँमा धेरैजसो घरहरु एकै प्रकारका रहेका छन् र हेर्दाखेरी यो घरहरु कुनै होटलभन्दा कमका छैनन् । सन् २०११ मा यहाँका यो गाउँको साँठगाँठको ५० वर्षको अवसरमा ३२८ मिटर लामो स्तम्भ बनाएका थिए । यो गाउँमा जुवा र लागूऔषधमा प्रतिबन्ध लगाइएको छ । यो गाउँका मानिसहरु मिडियासँग कुरा गर्दैनन् । केही मानिसहरुका अनुसार यो गाउँका मानिसहरुले कमाएको पैसा उनीहरुको नभई गाउँको हुने गर्छ ।

The post हरेक व्यक्ति करोडपति भएको, विश्वकै धनी गाउँ appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.