बलिउडस्टारका यी छोरी, जो फिल्म खेलेका छैनन तर हिरोइन जत्तिकै चर्चामा छन्

काठमाडौं, १६ कात्तिक । सामाजिक संजाल भएपछि सेलिब्रटीका छोरा चोरीको पनि खुबै चर्चा हुने गर्छ । बरु शाहरुख खानको समचार नियमित आउँदैनन्, तर उनकी छोरी सुहना के गर्दैछिन्, किन साथीहसँग घुम्न गइन् ? कस्ता कपडा लगाएकी छन् ? यस्तै खबर नियमितरुपमा आउने गरेका छन् । यस्तै अन्य बलिउडका छोरीहरुका खबर पनि नियमितरुपमा आउने गरेका छन् । तर उनीहरुले कुनै फिल्ममा अभिनय गरेका छैनन् ।

यी हुन् फिल्म नखेली चर्चामा आएका स्टारका छोरीहरु

१. सहुाना खान

स्टारडमको मामलामा त शाहरुख खानकी छोरी सुहाना अन्य स्टारकी छोरी भन्दा अघि छन् । कहिले उनको लुक्सको तुलना शाहरुखसँग हुने गर्छ । त कहिले उनको ड्रसअपको चर्चा हुने गरेको छ । अहिले सुहना सेलिब्रटीहरुको पार्टीमा समेत देखिन थालेकी छन् । फिल्ममा आउने कहिले हो टुंगो छैन । किनकी शाहरुखले अहिले सुहानाले पढाइमा ध्यान दिने बेला भएको बताउँदै आएका छन् । तर उनी फिल्ममा आउनुभन्दा पहिले नै स्टार भइसकेकी छन् । उनलाई यो स्टारडम विरासतका आधारमा मिलेको हो ।

२. जाह्रवी कपूर

यो सत्य कुरा हो की बच्चालाई विरासतले धेरै कुरा दिन्छ । स्टारडम पनि दिन्छ । तर पाएको स्टारडमलाई जोगाउने सन्दर्भमा भने विरासतले काम गर्दैन । यसका लागि उनीहरुले मेहन नै गर्नुपर्छ । श्रीदेवीकी छोरी जाह्रवीले सायद बुझेकी होलिन् की उनको चर्चा कसरी भइरहेको छ । उनको विभिन्न संचारमाध्यम र सामाजिक संजालमा पनि उनको धेरै चर्चा हुने गरेको छ । जाह्रवी आफ्नी आमा जस्तै सुन्दर छिन् । उनलाई पर्दामा देख्न चहानेको संख्या ठूलो छ ।

३. नव्या नवेली

महानायक अमिताभ बच्चनका फ्यानले उनको मन्दिर समेत बनाइसकेका छन् । अमिताभका छोरा अभिषेक बच्चनलाई बाबुकै कारण स्टारडमको लाभ मिलेको थियो । अमिताभकी छोरीकी छोरी नाव्या अभिषेक भन्दा बढी चर्चामा आइरहन्छिन् । उनी अहिले पढीरहेकी छन् । उनका हरेक क्रियाकलापलाई मिडियाले फलो गरिरहेका छन् ।

४. अनन्या पाण्डे

अनन्याका पिता चंकी पाण्डेको फिल्मी करिअर संघर्षमय छ । अहिले उनकी छोरी अनन्याको चर्चा हेर्दा लाग्छ की अनन्या फिल्ममा आउने भने चंकीले यती धेरै संघर्ष गर्नु पर्दैन । कारण हो उनको फ्यान फलोइङ । उनी सोशन मिडियामा सेलिब्रटी बनिसकेकी छन् । सोशल मिडियामा अनन्याका अघि अन्य स्टारपुत्रीहरु पछि परेका छन् ।

५. सारा अली खान

सारा सैफ अली खानकी छोरी हुन् । उनको अनुहार केही हदसम्म आमा अमृता अरोडासँग मिल्छ । सारा निकै सुन्दर छिन् । अहिले उनको संचारमाध्यम र शोसल मिडियामा उनको धेरै चर्चा हुने गरेको छ । साराले ‘केदारनाथ’ फिल्मबाट डेब्यू गर्दैछिन् ।

६. शनाया कपूर

अनिल कपूरका भाई संजय कपूरसँग दर्शकले निकै आशा राखेका थिए । तर उनको एक मात्रै फिल्म आयो । त्यो पनि राम्रो चलेन । तर उनकी छोरी शनाया कपूरसँग मानिसहरुले धेरै आशा राखेका छन् । अहिले उनको लोकप्रियता ह्वात्तै बढेको छ । एजेन्सी

The post बलिउडस्टारका यी छोरी, जो फिल्म खेलेका छैनन तर हिरोइन जत्तिकै चर्चामा छन् appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.