प्रकाशको निधनबारे बोलिन् बिना मगरः मेरो कमजोरीले गर्दा उहाँ बित्नुभयो

काठमाण्डु, ७ मंसिर– हृदयघातका कारण अल्पायुमै निधन भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपुत्र प्रकाश दाहालकी कान्छी श्रीमती बिना मगरआफू निर्वाचनमा उम्मेदवार नभएको भए पतिको मृत्यु नहुने थियो भन्दै बेलाबेलामा मुर्छा पर्ने गरेकी छन् ।

संघीय प्रतिनिसभामा कञ्चनपुर–१ बट उम्मेदवार रहेकी बिना चुनावी प्रचारका सिलसिलामा जिल्लामै व्यस्त रहेका बेला प्रकाशको ३ मंसिरमा निधन भएको थियो । हृदयघात भएका बेला प्रकाशसँग लाजिम्पाट निवासमा आमा सीता र दुई भान्जी मात्र थिए । समवेदना प्रकट गर्न आउने गरेकाहरुसँग बिनाले चुनावमा उम्मेदवार बनेका कारण प्रकाशलाई गुमाउनुपरेको भन्दै पछुतो मान्ने गरेकी छन् ।

उम्मेदवार नभएको भए प्रकाशलाई बिरामी भएका बेला स्याहार गर्न सक्ने र हृदयघात भएकाबेला समयमै अस्पताल लान सकिने भन्दै उनले पछुतो मानेकी हुन् । प्रकाशको निधन भएको भोलिपल्ट समवेदना प्रकट गर्न गएका एमाले कञ्चनपुरका अध्यक्ष एवं प्रदेशसभा उम्मेदवार तारालामा तामाङ र एमाओवादी केन्द्रका पोलिट्ब्युरो सदस्य सरल भाटलगायतका नेतासँगको भेटमा बिनाले प्रकाशको निधन हुनुमा आफ्नो दोष रहेको बताइन् ।

‘म चुनाव नलडेको भए प्रकाशलाई अल्पायुमै गुमाउनुपर्ने थिएन’, बिनाको भनाइ उद्धृत गर्दै तामाङले काठमाण्डुटुडेसँग भने, ‘मलाई चुनाव उठेकामा जिन्दगीभर नबिर्सने गरी पछुतो भएको छ ।’ स्रोतका अनुसार प्रकाशको निधनले विछिप्त बनेकी बिना चुनाव हाप्ने मनस्थितिमा समेत पुगेकी थिइन् ।

तर, परिवार र पार्टी नेता कार्यकर्ताको आग्रहपछि उनी चुनाव प्रचारमा जान तयार भएकी छन् । नेता भाटले बिना एक÷दुई दिनमै चुनाव प्रचारका लागि जिल्ला आउने बताए । kathmandutoday

The post प्रकाशको निधनबारे बोलिन् बिना मगरः मेरो कमजोरीले गर्दा उहाँ बित्नुभयो appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.