यी हुन् ३६ सन्तानका बाउ, ३७ औँ बच्चाको पर्खाइमा

यो जमानामा एकदुई जना सन्तान हुर्काउन त गाह्रो हुन्छ । तर यहाँ ३६ जना बच्चा पालन पोषण गर्ने मर्द बाउहरु पनि रहेछन् । यी मर्द तीन दर्जनका बाउ बनिसके । अझ केही समयपछि नै थप एक बच्चा पाउनेवाला छन् ।

गुलजार खान नामक एक पुरुष अन्तर्राष्ट्रिय मिडियामा छाइरहने गरेका छन् । पाकिस्तानको इस्लामावादमा बस्ने गुलजारकी तेश्री पत्नी अहिले गर्भवती छिन् । आफ्ना ३६ जना बच्चा भैसकेको अवस्थामा श्रीमती गर्भवती हुँदा गुलजारलाई चिन्ता हुनुपर्ने हो, कसरी पाल्ने यतिधेरै बच्चा ? भनेर । तर उनी निकै खुसी छन् । उनीमात्र होइन, पूरै परिवारले आफ्नो घरमा आउने नयाँ सदस्यको व्यग्र रुपमा प्रतिक्षा गरिरहेको छ ।

गुलजारका तीनवटी पत्नी छन् । उनका ३६ छोराछोरीमध्ये कतिपयको त बिहे भएर नाति नातिना पनि जन्मिसके । आफ्ना छोराछोरी र नातिनातिना सबै गर्दा गुलजारको परिवारमा करीब डेढ सय सदस्य पुगिसकेका छन् ।

गुलजारको त खलक नै खान्दानी परेछ । उनीमात्र होइन उनका भाई मस्तानका पनि ३ पत्नी र २२ जना बच्चा छन् । गुलजार र मस्तान आफ्नो ठूलो परिवार भएकोमा गर्व गर्छन् ।

गुलजारका अनुसार तिनजना पत्नी र यतिधेरै बच्चाबच्ची हुनुको कारण छ ।केही आदिवासी समुदायसँगको रिसिइवीका कारण आफुले ३६ जना बच्चा जन्माउनुपरेको उनी बताउँछन् । आदिवासी समुहसँग नियमित रुपमा झैझगडा गर्नुपर्ने र त्यसमा धेरै बच्चाबच्ची हुनु फाइदाजनक हुने गरेको उनको धारणा छ ।

अल्लाहकै इच्छा अनुरुप आफ्नो यतिधेरै बच्चा जन्मेका हुनाले अल्लाहले सबैलाई रोटीको बन्दोबस्त गर्छन् भन्ने विश्वास उनमा छ ।

The post यी हुन् ३६ सन्तानका बाउ, ३७ औँ बच्चाको पर्खाइमा appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.