दोलखावाट छुटेको बस दुर्घटना हुँदा ७ जना घाईते ! चालक फरार

सिन्धुपाल्चोक : दोलखावाट काठमाण्डौं जाँदै गरेको यात्रुवाहक बस सिन्धुपाल्चोक मा दुर्घटना भएको छ । दुर्घटनामा परि ७ जना घाईते भएका छन् ।

लामोसाँगु जिरी सडक अन्तर्गत सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका ६ स्थित १३ किलोमा अरनिको यातायातको बा २ ख ५४२६ नम्बरको बस अनियन्त्रित भएर विहान करिव १० बजे दुर्घटना भएको हो ।

सो बस दोलखा सदरमुकाम चरिकोटवाट शनिबार विहान काठमाण्डौंका लागि छुटेको थियो ।

घाइते हुनेमा सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका १ की ३० वर्षीया सुमित्रा तामाङ, सुनकोशी गाउँपालिका ६ की ३५ वर्षीया पार्वती सुनुवार, लिसंखुपाखर ७ की ३५ वर्षीया सुनिता कार्की, दोलखाको भीमेस्वर नगरपालिका ५ की अन्दाजी ३५ वर्षीया शिला कार्की र उनकी ८ बर्षाीया छोरी बिनिता कार्की, भीनपा ७ का अन्दाजी ४०/४५ बर्षीय सुरेन्द्र भुजेल र उनकी श्रीमती सिता भुजेल रहेका छन् ।

बस अनियन्त्रित भएर वीच सडकमै पल्टिएका कारण अन्य सवारीका साधान समेत वीच बाटोमै रोकिएका छन् । दुर्घटना लगत्तै बसका चालक भने फरार रहेको र खोजी कार्य भइरहेको सिन्धुपाल्चोकका प्रहरीले जानकारी दिए ।

तस्बिर : इदोलखा

The post दोलखावाट छुटेको बस दुर्घटना हुँदा ७ जना घाईते ! चालक फरार appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.