नयाँ आविष्कारका लागि चीन संसारभरि नै प्रसिद्ध छ । चीनले अहिले यस्तै नौलो प्रयोग गरेर सबैलाई चकित तुल्याएको छ ।हालै सिचुआन प्रान्तमा रहेको जनतालाइ गाउँमा स्थानीयहरूले सरकारको सहायतामा वातावरणमैत्री घर बनाएका छन् । यी घरको छतमा खेती गर्न सकिन्छ ।केही वर्षअघि भयानक भूकम्प आएर यहाँ बस्ने मानिसलाई समस्या परेको थियो । तर सरकारको नयाँ प्रयोग र त्यहाँका मानिसको मेहनतको प्रतिफलस्वरूप यो अहिले संसारकै नमूना गाउँ भएको छ
सन् २००८ मा वेनचुआन भूकम्पका कारण जनतालाई गाउँनजिक करीब ८० प्रतिशत घर पूरै नष्ट भएका थिए । अनि ५० लाख मानिस घर बिहिन भएका थिए ।त्यसपछि सन् २०११ मा भयंकर पानी परेर पहिरोका कारण फेरि बनाइएका घर पनि सखाप भए ।तर त्यसपछि सरकारले गाउँलेहरूको सहायताका लागि हङकङ विश्वविद्यालयमा यी घरहरूको डिजाइन बनायो ।भूकम्प लगायतका प्राकृतिक विपद् जस्ता स्थितिमा बलियो गरी अडिने र मानिसको जीवन पनि सहज बनाउने घरहरू बनेका हुन् ।
यही आइडियामा काम गर्दै सरकारले गाउँमा २२ वटा भवन बनाएको छ । तिनको छतमा खेती गर्न सकिन्छ ।यी घरमा मानिसले अन्न उब्जाउनुको साथै जनावर पनि पाल्न सक्छन् । घरलाई भारी बर्खाबाट बचाउनका लागि रेनवाटर हार्भेस्टिङको सुविधा पनि दिइएको छ ।पहाडले घेरिएका घरहरूको डिजाइन नै यसरी गरिएको छ कि घर र सडकबीच ठूलो स्पेस छ । मानिसले पसल र व्यापार बढाउन सकून् भनी यसो गरिएको हो ।
The post प्रबिधिमा चीन सधै अगाडि! चीनमा यसरी गरिन्छ घरको छतमा खेती appeared first on Taja nepali news.
http://ift.tt/eA8V8J
Post a Comment
Thanks.