चितुवाले मच्चायो यसरी आंतक, प्रहरी सहित ४ जना घाइते

झापामा चितुवाको आक्रमणमा परी ४ जना घाइते भएका छन् । घाइते हुनेमा एकजना प्रहरीसमेत छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यलय झिलझिलेले जनाएको छ । शिवसताक्षी नगरपालिका–५ भेलामुनीस्थित धानबारीमा लुकेर बसेको चितुवाले बुधबार अपरान्ह ४ बजेतिर सर्वसाधारणलाई आक्रमण गरेको थियो ।

धानबारीको चितुवाले आक्रमण सुरु गरेपछि स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए । खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय शिवगञ्जको प्रहरी टोलीका चितुवा लुकेको स्थलमा पुगेको थियो । इलाका प्रहरी कार्यलय झिलझिलेका प्रहरी निरीक्षक तीलक राईका अनुसार प्रहरी जवान युवराज थापा चितुवाको आक्रमणबाट घाइते भएका छन् ।

दमकस्थित एक अस्पतालमा उनको उपचार भइरहेको छ । चितुवाले शिवसताक्षी–५ को भेलामुुनीमा गाउँलेलाई आक्रमण गरेको थियो । धान काट्न गएकी स्थानीय ४५ वर्षीया गीता खरेल शिवाकोटी चितुवाको आक्रमणबाट गम्भीर घाईते भएकी छिन् । उनलाई टाउको र घाँटीमा चितुवाले टोकेको प्रहरीले जनाएको छ । उपचारका लागि गीतालाई बिर्तामोडको बी एण्ड सी हस्पिटल लगिएको छ ।

शिवसताक्षी–५ का बुधसिंह ताजपुरिया र वडा नम्बर ६ का देवलाल राजवंशीलाई पनि चितुवाले आक्रमण गरेको छ । उनीहरु दुवैको ढाड र टाउकोमा चितुवाले आक्रमण गरेको हो । घाइते ताजपुरिया र राजंवशीलाई पनि उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

चितुवालाई जिल्ला वन कार्यालयको टोलीले नियन्त्रणमा लिने बताइएको छ । ‘हामीलाई गोली चलाउने अधिकार छैन, यो केश वनले हेर्छ,’ जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी जितेन्द्र बस्नेतले भने ।नयाँ पत्रिका

The post चितुवाले मच्चायो यसरी आंतक, प्रहरी सहित ४ जना घाइते appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.