एजेन्सी– ‘बाहुबली’ फिल्मको ‘देवसेना’ चरित्रबाट सर्वाधिक चर्चा बटुलेकी दक्षिण भारतीय अभिनेत्री अनुष्का शेट्टी नोभेम्बर ७ बाट ३६ वर्ष लाग्दैछिन्।
सन् १९८१ मा बैंगलुरूमा जन्मिएकी अनुष्काको खास नाम स्विटी हो। पछि उनले आफ्नो नाम परिवर्तन गरिन्। उनी व्यक्तिगत जीवनमा आफ्नो वास्तविक नाम जस्तै ‘स्वीट’ छिन्। उनले आफ्ना एक गाडी चालकलाई १२ लाख मूल्य बराबरको नयाँ कार उपहार प्रदान गरेकी थिइन्।
यति दिलदार अनुष्कासँग करिब १४० करोड भारतीय रूपयाँ बराबरको सम्पति रहेको छ। उनीसँग हैदराबादको जुब्ली हिल्समा रहेको उड्स अपार्टमेन्टमा आलिसान घर छ। उनले प्रतिफिल्म करिब ४ देखि ५ करोड भारू पारिश्रमिक बुझ्ने गरेकी छन्। उनी विलासी गाडीकी सौखिन पनि हुन्। उनीसँग महँगा कारहरूको संग्रह नै छ। यसमा बिएमडब्लु ६, अडी ए ६, अडी क्यू ५ तथा टोयटा कोरला जस्ता गाडीहरू पर्छन्।
फिल्ममा आउनुअघि योगा प्रशिक्षक रहेकी अनुष्काले विभिन्न ब्रान्डको विज्ञापनबाट पनि गतिलो आम्दानी गर्ने गर्छिन्।
The post ड्राइभरलाई १२ लाख भारूको कार उपहार दिइन बाहुबलि फिल्मकि नाइका अनुष्का सेसेट्टिले appeared first on Taja nepali news.
http://ift.tt/eA8V8J

Post a Comment
Thanks.