नेपाल आइडलका तीन प्रतिस्पधी बुद्ध, निशान र प्रतापलाई घेरे युवतीहरुले

काठमाडौं – ओपोले निकै प्रतिक्षारत सेल्फी एक्स्पर्ट एण्ड लिडर, एफफाइभको विक्रि आरम्भ नेपाल आइडलहरुको साथमा गरेको छ ।

ओपो एफफाइभ नेपाली बजारमा ब्राण्डकै पहिलो एफएचडी+ फूल स्क्रीन डिस्प्ले मोडल हो । यसमा कम्पनीले अत्याधुनिक एआई ब्यूटी प्रविधि उपलब्ध गराएको छ ।

विक्रि आरम्भको शुरुवात ओपोले अहिले चर्चाको शिखरमा रहेका नेपाल आइडल्स बुद्ध लामा, निशान भट्टराइ र प्रताप दासको साथमा गरेको हो । सेल्फी फोटोग्राफीको गुणस्तरलाई नै नयाँ आयाम प्रदान गर्ने दावी गरिएको एफफाइभ मूल्य रु ३३ हजार ९ सय ९०मा देशभरका विक्रि केन्द्र मार्फत उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।

बर्षौँको आरएण्डडी पश्चात नेपाली बजारमा सेल्फी फिचरमा आर्टिफिसियल ईन्टेलिजेन्सी सहित सार्वजनिक गरिएको ओपो एफफाइभ नै पहिलो स्मार्टफोन हो । यसले ग्लोबल डाटाबेस अनुसार अनुहारको आकार तथा प्रकारको पहिचान गर्छ ।

सेल्फीलाई थप प्राकृतिक र वास्तविक बनाउने सोचका साथ आरएण्डडीको प्रक्रिया दौरान ब्यवसायिक फोटोग्रार्फस तथा मेक-अप आर्टिस्टहरु संग परामर्श लिइ यसको विकास गरिएको हो ।

‘फस्र्ट सेलका दौरान उपभोक्ताबाट प्राप्त प्रतिक्रियाबाट हामी निकै उत्साहित छौँ । तपाईँहरुको निरन्तर माया, साथ र सहयोगका लागि हामी सदैव आभारी छौँ’, ओपो नेपालका सीईओ बबी झाओले भने , ‘भविष्यमा थप आकर्षक तथा उत्कृष्ट उत्पादन उपलब्ध गराउन यसले हामीले प्रोत्साहित गरेको छ ।’

ओपो एफफाइभमा अल्ट्रा सेन्सिटिभ एफ २.० एपर्चर र १/२.८ सेन्सर सहित २० मेगापिक्सेलको फ्रण्ट क्यामेरा उपलब्ध गरिएको छ । दुबै फिचर्सले क्यामेरालाई अधिक सुचना संकलन गर्न तथा कम प्रकाश भएका स्थानमा समेत न्वाइज न्यूनिकरण गरी उत्कृष्ट तस्विर सम्प्रेषण गर्न सघाउँछ ।

फ्रण्ट क्यामेरा पोटर््रेट मोडले तस्विरको पृष्ठभुमीमा बोके ईफेक्टको प्रयोग गरी हरेक सेल्फीमा प्रमुख विषयलाई केन्द्रमा राख्दै उत्कृष्ट तथा आकर्षक तस्विर खिच्न सघाउँछ ।

त्यसैगरी फोनमा रहेको १६ मेगा पिक्सेल क्षमताको रियर क्यामेराले दिन तथा रात दुबै समयमा उत्कृष्ट तस्विर लिन सघाउने कम्पनीको दावी छ । यसमा रहेको एफ१.८ एपर्चर सहितको ब्याक क्यामेराले उज्यालोमा उत्कृष्ट प्रदर्शनी गर्नुका साथै अध्यारो अवस्थामा समेत गुणस्तरिय तस्विर लिन सघाउँछ ।

ओपो एफफाइभ गोल्ड एडिशनको सफल सार्वजनिक पछि ओपो फ्यान्स तथा यूवाहरुलाई आफ्नो चाहना तथा आवश्यकता अनुसार थप छनोटको अवसर प्रदान गर्ने सोचका साथ कम्पनीले आउँदा महिनामा एफफाइभ ६जीबी एडिशन र एफफाइभ योथ एडिशनपनि क्रमिक रुपमा सार्वजनिक गर्ने जानकारी दिएको छ ।

The post नेपाल आइडलका तीन प्रतिस्पधी बुद्ध, निशान र प्रतापलाई घेरे युवतीहरुले appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.