यी हुन् सानो ‘प्रकाश’, जसले प्रचण्ड परिवारको यसरी मन बुझाएका छन्

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाश दाहालको आइतबार बिहान अचानक निधन भएपछि यतिबेला उनको परिवार ठूलो शोकमा डुबेको छ । एक मात्र छोरालाई अल्पायुमै गुमाउनुपर्दा उनको परिवारमा ठूलो बज्रपात प¥यो ।

३ बर्षअघि जेठी छोरी गुमाउनुपर्दाको पीडाका बीच फेरी छोरा गुमाँउदा उनीहरुले मन थाम्न सकेका छै्नन् ।

तर, यतिबेला उनीहरुलाई मन बुझाउने बाटो बनेका छन् प्रकाशका दुई छोरा प्रसिद्ध दाहाल र प्रणव दाहाल । साँढे २ बर्षका प्रणव विना मगरतर्फका छोरा हुन् भने प्रसिद्ध अर्की श्रीमती सिर्जना त्रिपाठीका छोरा ।

मंगलबार काठमाडौैंको त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलको बिशिष्ट कक्षमा भेटिएका प्रचण्ड परिवार शोकाकुल अवस्थामा थिए भने साँढे २ बर्षका अवोध वालक प्रणव आफ्नै शुरुमा खेलिरहेका थिए । प्रणवको साथमा थिइन् उनकै उमेरकी प्रचण्डकी कान्छी छोरीबाट जन्मिएकी नातिनी । सबैको ध्यान दुई बालबालिकाको बालसुलभ क्रियाकलापमा केन्द्रीत थियो ।

बिहान ११ बजे यति एयरलाइन्सको जहाज चार्टट गरेर प्रचण्ड परिवार चितवन जाँदै थिए । उनीहरुको साथमा थिए एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, माओवादी नेताहरु मातृका यादव, रामबहादुर थापा बादल र आफन्त ।

विमानस्थलमा सिर्जनाका आमा छोरा चाहिँ देखिएनन् । रातो पाटि बाट

The post यी हुन् सानो ‘प्रकाश’, जसले प्रचण्ड परिवारको यसरी मन बुझाएका छन् appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.