मलाई बेश्या र भालु भनेपछि तपाईलाई आनन्द आउँछ हो ? : प्रिय‍ंका कार्की

काठमाडौँ : नेपालमा महिला हरुलाई भालु भन्ने प्रचलन कहिले बाट आएको हो त्यो थाहा भएन तर देह व्यापार गर्ने महिला हरुलाई नेपाली समाजले भनौ अहिलेका युवा पुस्ता हरुले भालु भनेर सम्बोधन गर्ने गरेको पाइन्छ । मेरो व्यक्तिगत विचारमा भालु एउटा जंगली जनावर हो, भालु संग देह ब्यापार गर्ने महिला हरुको कुनै सम्बन्ध रहेको देख्दिन मैले ।

आजभोली कसैले भालु भन्ने शब्द निकाल्यो भने हामी युवा पुस्ताको दिमागमा जंगली भालु नभई कुनै महिलाको चित्र बन्ने गर्छ ! तर किन ? कुनै महिलाले आफ्नो मर्जीले समाजमा अपच्य काम गर्छिन भने भालुको के दोष ? के कुनै जमानामा भालुले यस्तै देह ब्यापार गर्थ्यो र ? किन भनिन्छ महिला हरुलाई भालु ?

बेश्या पेशामा लागेकालाइ मात्र नेपालीहरुले भालु भन्ने गर्दैनौं, केहि समय पहिलेको समाचार हो नेपालकै बहुचर्चित नाईका प्रिय‍ंका कार्की लाई सामाजिक संजालमा भालु, बेश्या भनेर सम्बोधन गरेपछि उनले आफ्नो फेबुकमा स्ताट्स लेखेरै विरोद गरेकी थिइन । प्रिय‍ंका कार्की र भालु बीच के सम्बन्ध छ ? के भालु प्रियंका कार्की संगै फिल्म खेल्छ र ? त्यसको जवाफ कसै संग छैन । तरपनि भालु भन्ने शब्द हामीले प्रयोग गरि हाल्छौं !

देशको गहनाको रुपमा रहेको बलाकारहरु प्रति सामाजीक संजालहरुमा नकारात्मक टिप्पणीहरु बढ्न थालिरहेको बेला सामाजिक संजालमा अश्लिल गाली गर्ने अराजक ब्यक्तिलाई अभिनेत्री प्रिय‍ंका कार्कीले कडा जवाफ दिएकी छिन् ।

आफुले नयाँ बिषयबस्तुमा स्ट्याटस र चलचित्रका पोष्टर पोष्ट गर्दा अश्लिल गाली गर्ने गरेको भन्दै उनले कानुनी उपचार खोज्ने चेतावनी समेत दिएकी छिन् । सामाजिक सञ्जालमा बोल्न नमिल्ने शब्द प्रयोग गरिएपछि अभिनेत्री कार्कीले कलाकारको सम्मान गर्न आग्रह गरेकी छिन् ।

यस्तो छ उनको स्ट्याटस :

मेरो मनलाई रुवाउनेहरुका लागि जब जब म नया फोटो हाल्छु, कुनै नया फिल्मको गीत या म्युजिक भिडियो शेर गर्छु, किन यति धेरै गाली गर्नु हुन्छ मलाइ ? के मैले कुनै प्रकरको चोट पुराए ? तपार्इलाइ ब्यक्तिगत रूपमा ठेस पुराए, रन्डी, भालु बेशिया जस्ता शव्दहरु प्रयोग गरेर बडा आनन्द महसुस हुन्छ हो ? एक्दम महान काम गरे झै लाग्छ हो ? हामी कलाकर दिन रात मेहेनत गर्छौ। घरी फिलिम शुटिङ, घरी कार्यक्रम। दशै, तिहार, चाड पर्व केही न सोची यहाँहरुलाइ मनोरंजन दिन घरी कतार, घरी मलेसिया त घरी अस्ट्रेलिया पुग्छौ।

के को लागि ? येहि आलोचना खप्नको लागि ? कति चित्त दुख्छ होला सोच्नुस। यहाँहरुको घरमा छोरी चेली छैनन ? एक पटक सोच्नुस त, तपाइको घरको दिदी बहिनी, आमा, भाउजू, छोरी हरु माथी येस्तो शब्द कसैले प्रयोग गर्दा, तपाइलाइ कस्तो महसुस हुन्थ्यो ? ठिक त्येस्तै महसुस हुदो होला नि मेरा बुबा, आमा, भाइ र अन्य परिवारका सदस्यहरुलाइ। कहिले काही मामुले फोन गरेर छोरी कस्तो नराम्रो लेखेछ तिम्रो फोटोमा हेर त।

छिटो डिलिट गर भन्नूहुन्छ। कति चित्त दुख्छ होला वहाँको। तपाइलाइ यदि म मन पर्दैन भने बिन्ती मेरो पेजमा आउदै न आउनुस। बरु ब्लक गर्नुस मलाइ तर अश्लील, जथाभावी कृपया न लेखि दिनुस होला। देशको कलाकारको सम्मान, देशबाटै शुरु हुन्छ। हामीले नगरे, कल्ले त ? यति भन्न चाहन्थे ।

सिटिदैनिक

The post मलाई बेश्या र भालु भनेपछि तपाईलाई आनन्द आउँछ हो ? : प्रिय‍ंका कार्की appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.