‘फाटेको जुत्ता’को आक्रमक व्यापार, अहिलेसम्म दुई करोड ५० लाख भन्दा बढीको व्यापार

गत शुक्रबारबाट प्रदर्शनमा रहेको नयाक सौगात मल्ल र नायिका प्रियंका कार्कीले मुख्य भूमिका निर्वाह गरेको चलचित्र ‘फाटेको जुत्ता’ले आक्रमक व्यापार गर्न सफल भएको छ । चलचित्रले अहिलेसम्म देशभर दुई करोड ५० लाख भन्दा बढीको व्यापार गर्न सफल भएको निर्माता अर्जुन कुमारले बताएका छन् । फिल्मले शुक्रबार र शनिबार देशभरका हलहरु हाउसफुल गर्दै एक करोड ३२ लाखको व्यापार गरेको थियो भने आजसम्म फिल्मले १ करोड भन्दा बेसीको व्यापार गरेको छ ।

देशको प्रदर्शन सफल भएपछि चलचित्रको बिदेशमा पनि माग त्यतिकै भइरहेको छ । अस्ट्रेलियाको सिड्नीमा नोभेम्बर ४ र ५ तारिखमा भएको विशेष सो पनि हाउसफुल रहेको थियो भने चलचित्रको जापानको टोकियोमा गत ५ तारिखमा भएको सो पनि निकै राम्रो चलेको निर्माता अर्जुनले बताए । यस्तै १३ नोभेम्बरमा मेलबर्नमा, १७ नोभेम्बरमा डेनमार्क र बेल्जियम, १९ मा पोल्यान्ड अनि २६ तारिखमा जर्मनीमा चलचित्र देखाइने अर्जुनले थपे । चलचित्रले विदेशबाट अहिलेसम्म झन्डै ६० लाख रुपैयाँ कमाइसकेको छ ।

निकेश खड्काको निर्देशनमा तयार भएको ‘फाटेको जुत्ता’मा प्रियंका, सौगातका साथ कामेश्वर चौरासिया, रविन्द्र झा, अनोज पाण्डे, दयाहाङ राई, वर्षा राउत लगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्मका गीतमा प्रवेश मल्लिक र शंकर थापाको संगीत, कविराज गहतराज र राजिव समरको कोरियोग्राफी र अष्ट महर्जनको द्वन्द्व रहेको छ । कमेडी जनरामा तयार भएको चलचित्र ‘फाटेको जुत्ता’लाई दर्शकहरुले निकै मन पराएका छन् भने फिल्म हेर्न आउने दर्शकहरुको चाप भने घटेको छैन ।

The post ‘फाटेको जुत्ता’को आक्रमक व्यापार, अहिलेसम्म दुई करोड ५० लाख भन्दा बढीको व्यापार appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.