माधव नेपाल एक्कासी धुर्मुस–सुन्तली भेट्न सन्तपुर बस्तीमा

काठमाडौँ। रौतहटमा निर्माणाधिन एकिकृत नमूना सन्तपुरबस्ती हेर्न एमाले नेता माधव कुमार नेपाल आज साँझ एक्कासी निर्माण स्थल पुगे । चन्द्रपुर नगरपालिका –८ मा धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको यस बस्तीमा यसअघि कुनैपनि राजनीतिक दलका नेताहरुले चासो दिएका थिएनन् ।

नेता नेपाललाई फाउण्डेशनका अध्यक्ष – सिताराम कट्टेल ‘धुर्मुस’, परियोजना संयोजक – कुञ्जना घिमिरे ‘सुन्तली’, परियोजना ब्यवस्थापक – अर्जुन न्यौपाने, बस्तीका अध्यक्ष – सत्यनारायण माझी, चर्चित क्यामेरा पर्सन सुदिप बराल लगायतका ब्यक्तिले स्वागत गरेका थिए ।

काभ्रे, सिन्धुपालचौक, महोत्तरी पछि धुर्मुस सुन्तली फाउन्डेशनले रौतहटमा एकिकृत नमूना सन्तपुरबस्ती निर्माण सुरु गरेको छ । चन्द्रपुर नगरपालिका वार्ड नं –८ मा निर्माणधिन यस बस्तीको कुल लागत ५ करोड ७५ लाख रहेको छ भने ३० प्रतिसत काम सम्पन्न भइसकेको छ ।

नमूना बस्ती भित्र (शब्द चित्र)
निर्माण संख्था – धुर्मुस सुन्तली फाउन्डेशन
एकिकृत नमूना सन्तपुरबस्ती, चन्द्रपुर नपा–८ रौतहट
फाउण्डेशनका अध्यक्ष – सिताराम कट्टेल ‘धुर्मुस’
परियोजना संयोजक – कुञ्जना घिमिरे ‘सुन्तली’
प्रियोजना ब्यवस्थापक – अर्जुन न्यौपाने
बस्तीका अध्यक्ष – सत्यनारायण माझी

प्रवेश द्धार – १
घर संख्या – ४७
सामुदायिक भवन – १
मन्दिर – १
प्रि प्राइमरी विद्यालय – १
भ्यूटावर – १
चिल्ड्रेन पार्क
प्रतिक्षालय/बस विसौनी – १
क्षेत्रफल – १२ कठ्ठा जग्गा
समुदायमा रहने जाती – मुसहर, दुसाद, थारु, तेली, माझी, लोहार
ज्नसंख्या – ३ सय
अनुमानित लागत – ५ करोड ७५ लाख
हालसम्म – ३० प्रतिसत काम सम्पन्न

The post माधव नेपाल एक्कासी धुर्मुस–सुन्तली भेट्न सन्तपुर बस्तीमा appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.