जान्नुहोस् महिलाले आफ्नो सेक्स पार्टनरबाट चाहने यी १० कुराहरु

एजेन्सी । हामी जसरी सक्रिय रुपमा यौन सम्पर्क गछौँ, त्यसरी आफ्नो पार्टनरसँग यसको बारेमा कुरा गर्न हिचकिचाउँछौँ । युनिभर्सिटि अफ केटक्की (University of Kentucky)की यौन अनुसन्धानकर्ता क्रिष्टेन मार्क (Kristen Mark, Ph.D.)का अनुसार वास्तवमा यौन जोडीहरु यसको बारेमा कुरा गर्न नै चाहदैनन् । जसको फलस्वरुप एउटै ओच्छ्यानमा सत्नेले दम्पत्तिलाई पनि आफ्नो पार्टनरले के चाहन्छ वा चाहदैन भन्ने कुरा थाहा हुदैन ।

त्यसैले तपाईलाई सजिलो बनाउनको लागि हामीले केही जानकारीहरु ल्याएका छौँ । यो तथ्य विभिन्न अनुसन्धानमा आधारित रहेको छ ।

१. यौन क्रिडामा पुरा ध्यान

ओच्छ्यानमा हुँदा महिलाहरु आफ्नो पार्टनरले पुरै ध्यान यौन सम्बन्धमै देओस् भन्ने चाहन्छन् । महिलाले आफूलाई ध्यान दिएको महसुस भए पुरुषको प्रेम बढी अनुभव गर्छन् । आँखाको हाउभाउ, मुखको क्रियाकलाप, चुम्बन, ओंठमा चुम्बन वा संवेदनशील अंगमा स्पर्ष यौन सम्पर्कको समयमा महिलालाई मन पर्ने अध्ययनको निष्कर्ष छ ।

२. पाक क्रिडा महत्वपूर्ण

महिलाहरु यौन सम्पर्क शुरु हुनु अघि गरिने क्रियाकलापमा बढि चाख राख्छन् । पाक क्रिडाको माध्यमबाट आफूलाई पुरै उत्तेजित तुल्याएपछि मात्र यौन सम्पर्क शुरु होस् भन्ने महिलाको चाहाना हुन्छ । अधिकांश महिलाले पुरुषहरु सेक्सको विषयमा अलि रचनात्मक हुनु पर्ने र महिलालाई तयार गर्ने कुरामा विचार गर्नु पर्ने बताउँछन् ।

३. आनन्द र सन्तुष्टीबीच फरक

किंसले इन्स्टिच्यूटले गरेको शोधमा महिलाले पनि पुरुष जस्तै कण्डम नलगाइ यौन सम्पर्क गर्दा बढी सन्तुष्टी हुने बताए । यद्यपी कण्डम लगाउँदा बढी सुरक्षित महसुस हुने उनीहरुको भनाइ थियो ।

४. विस्तारै गरेको राम्रो

यौन क्रिडाका लागि हतारिने पुरुष महिलालाई मन पर्दैन । उनीहरु आफ्ना संवेदनशील कोमल अंगमा पुरुषले दुख्ने गरी केही पनि नगरुन् भन्ने चाहन्छन् । संवेदनशील अंगसँग संवेदनशीलरुपमै प्रस्तुत भएको उनीहरु मन पराउँछन् ।

५. वातावरणको भूमिका

अधिकांश महिलाले उपयुक्त मौषम वा वातावरण नबने यौन आनन्द लिन नसकिने बताए । चिसो मौषममा चिसा खुट्टा लिएर पुरुष यौन क्रिडा गर्न तयार भएपनि महिला त्यस्तो समयमा गाह्रो गाह्रो मान्ने गर्छन् । त्यसैगरी गर्मीमा सेक्सको चाहाना र आनन्द बढी हुने महिलाको अनुभव छ ।

६. आसनको भूमिका

यौन क्रिडामा आसनको भूमिका पनि महत्वपूर्ण हुने महिलाको भनाइ छ । महिलाका अनुसार सुताएर उनीहरुको तल सिरानी राखेर यौन क्रिडा गर्दा महिलाले बढी सन्तुष्टी अनुभव गर्ने गर्छन् । तर सुतेका पुरुषमाथि चढेर यौन सम्पर्क गर्दा पनि मजा आउने उनीहरुको भनाइ छ । त्यसै गरी अधिकांश महिलाले ‘डगी स्टाइल’ अर्थात महिलाले चार हात खुट्टा टेकेर बस्ने र पुरुषले पछाडीबाट यौन क्रिडा गर्ने आसन सबै भन्दा आनन्ददायी रहेको बताए ।

७. विभिन्न तरिका

अष्ट्रेलियन सेक्स रिसर्चर जूलियट रिचटर्स भन्छन् सर्भेमा सहभागी पाँच जनामा एक महिला मात्र सामान्य तरिकाको सेक्सबाट चरम अवस्थामा पुगेका थिए । अधिकांश युवतीहरुले पुरुषहरुले हात र मुखको प्रयोग बढी गरेको राम्रो बताए । ९० प्रतिशत युवतीले पुरुषले मुखको प्रयोग गरेपछि मात्र चरम आनन्दमा पुग्ने बताएका थिए ।

८. हतार नगर्नुस्

अधिकांश पुरुषहरु महिलाको भन्दा पनि आफ्नो सन्तुष्टीलाई बढी ध्यान दिन्छन् । कतिपय अवस्थामा त महिला तयार नै नहुँदै पुरुष स्खलित हुन्छन् । सर्भेक्षणका क्रममा अधिकांश माहिलाहरुले आफूहरु १० मिनेट भित्र चरम अवस्थामा पुग्ने तर पुरुष त्यतिन्जेल पनि हतारिने बताए ।

९. संवेदनशील अंगको पहिचान

महिला शरीर आफैमा संवेदनशील चिज हो । तर पुरुषहरु आफ्नै जस्तो गरेर महिलासँग ब्यवहार गर्छन् । सेक्सको शोधका क्रममा महिलाहरु योनीको माथिल्लो भित्री भागमा हुने जी–स्पटमा स्पर्ष भए निक्कै छिटो आनन्दित हुने पत्ता लागेको छ । जी–स्पटमा चलाउँदा महिला तयार हुने र छिटो चरम सीमामा पुग्ने शोधकर्ताको भनाइ छ । यसका लागि औँलाको प्रयोग महत्वपूर्ण हुन्छ ।

१०. थाकेको बेला वा निद्रामा महिला उत्तेजित हुँदैनन्

पुरुषहरु अधिकांश समय यौनका लागि तयार रहेपनि महिलाको अलि फरक हुन्छ । उनीहरु थाकेको बेला वा निद्राको बेला उत्तेजित हुने सम्भावना निकै कम हुन्छ । त्यस्तै उनीहरु थाकेको बेला यौन आनन्दमा पु¥याउँछु भन्नु पनि मुर्खता हुन्छ ।

The post जान्नुहोस् महिलाले आफ्नो सेक्स पार्टनरबाट चाहने यी १० कुराहरु appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.