नीलम ढुंगाना: सरी नीति शाह मैले तिमी जस्तो अनपढ सहरिया तर मोडल महिला आज सम्म देखेको थिइन!!

काठमाडौँ. जापानमा संचालन हुन् गई रहेको मिस इन्टरन्नेसनलमा सहभागी हुन् नेपालको प्रतिनिधित्व गर्दै मिस नेपाल २०१७ कि रनरउप नीति शाह केहि महिना अघि जापान पुगेकी थिईन। हो उनै नीति अहिले आफ्नै भनाई राम्रोसंग राख्न नसक्दा  विवादमा मुछिएकी छिन्। सोमबार मात्रै सम्पूर्ण देशको सुन्दरीहरुलाई महिला शिक्षाको सम्बन्धमा आफ्नो भनाई राख्न दिइएको थियो । यसैमा नीतिले नेपालमा दुई समूहका महिला छन् भनेर बिभाजन गरेकी थिइन् । आफ्नो भनाई राख्दै नेपालमा दुई प्रकारका महिलाहरु छन्, गाउँले अनि सहरिया। सहरिया महिला हरु शिक्षित र हाइजेनिक छन् अनि गाउले महिला हरु अशिक्षित र नट हाइजिन सिधा भाषामा भन्नुपर्दा अनपढ र फोहोरी छन् । यति मात्र कहाँ हो र धेरै नेपाली महिला अरु विभिन्न देशमा गएर बचिन्छ्न सोल्ड हुन्छन …!! उनको यस भनाइप्रति धेरैले आपत्ति जनाएका छन् ।

उनको यहि भनाईलाई खण्डन गर्दै कलाकार नीलम ढुंगानाले आक्रोश पोख्दै यस्तो प्रतिक्रिया दिएकी छिन्:

नीति …!! तिमीले नेपालमा तिमी जस्तो Ramp मोड्लिंग र फेशन शो गर्ने अनि क्लब जाने महिला हरु मात्र शिक्षित र सफा सुघर देखिछौ क्यारे ! एक पटक तिमी गाउँघर गएर हेर, त्यहाँका घरका चिटिक्क पारेका पिढी र दैलो हेर, त्यो पिढी र दैलो तिनै तिम्ले हाइजिन नभएका भनेका महिलाहरुले पोतेका हुन्। तिमी काठमाडौको चिसोमा सधैं नुहाउन सक्दिनौ होला तर तिम्ले भन्यौं नि ‘गाउँले महिलाहरु’ हो तीनै महिलाहरु बिहान ४ बजे नै उठेर धारामा गएर नुहाउछन् भलै उनीहरु संग तिम्रो जस्तो दिनै फेर्ने नयाँ लुगा नहोला तर सधै धोएर सफा कपडा लगाउन जान्दछन् । बुवा आमाले दिएको पैसाले डिजाइनर लुगा लगाएर हिड्ने तिमी, दिन भरी खेतबारिमा काम गरेर कपडामा लागेको हिलो माटो देखेर, उनीहरुलाई हाइजिन नभएका महिला भनेकी हौ भने Sorry नीति शाह  तिमीजस्तो दिमागी अनहाइजिनिक महिला मैले आज सम्म देखिन!
 
अब पालो अशिक्षित् महिलाका कुरा ! म टाढा जान्न आफ्नै कुरा गर्छु। म गाउँमा जन्मेकी, हुर्किबढी गाउँघरमै बसेर ब्याचलर लेभल गाउँमै कम्प्लिट गरेको गाउँले महिला हु। अनि के आधारमा गाउँका महिला तिम्रो नजरमा अन्पढ भए?
अब अन्तिममा, हामीलाई सुन्नै गार्हो भएको तिम्ले भनेको कुरा, नेपालका अधिकास महिला बाहिरका धेरै देशहरुमा बेचिन्छ्न रे!! हो ! अहिले पनि नेपालका केही बिकट गाउँबस्ती तिर मायाको झुटो नाटक गर्दै वा जागिर लगाइदिने आश्वासन देखाएर सोझा सिधा दिदीबहिनीहरुलाई फसाएर बाहिर केही देशमा पुर्याएर बेचिन्छ, एउटा महिला भएको नाताले यस्तो समाचार सुन्दा हाम्रो चित्त फाट्छ भने तिमीले विदेशमा गएर तिमी कुन ठाउँबाट आएको भनेर चिनाउदा, म त्यो ठाउँबाट आएको जहाँका चेलीबेटी विदेशमा बेचिन्छ्न भनेर चिनाएर आयौ?? सरी नीति शाह मैले तिमी जस्तो अनपढ सहरिया तर मोडल महिला आज सम्म देखेको थिइन!!
भिडियो हेर्नुस:

The post नीलम ढुंगाना: सरी नीति शाह मैले तिमी जस्तो अनपढ सहरिया तर मोडल महिला आज सम्म देखेको थिइन!! appeared first on Taja nepali news.

http://ift.tt/2zJVjlm
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.