नक्कली कपालको सहारा लिने नायक देखि गायक सम्म,को-को हुन उनीहरु ?

काठमाडौं । दर्शकले कलाकारको अभिनयसँगै गेटअपमा पनि ध्यान दिइरहेका हुन्छन् । यसैले एउटा कलाकारले पर्दामा देखिने आफ्नो रुपरङदेखि पहिरनसम्ममा विचार पुर्‍याउनुपर्ने हुन्छ । दर्शकले गेटअपमा टिप्पणी गर्ने क्रम बढेपछि चलेका केही कलाकारलाई पातलो कपाल चिन्ताको विषय बनेको छ । फुलेको तिलचामले कपाल रङ्ग्याएर कालो बनाउनु त सामान्य भयो, पछिल्लो समय कतिपय कलाकारले नक्कली कपालको सहारा लिन थालेका छन् । नक्कली कपालको सहारा लिनेहरु नायकदेखि लोकगायकसम्म छन् । हेरौं उनीहरु को-को रहेछन्ः

भुवन केसी : सदाबहार नायकको रुपमा परिचित भुवन केसीलाई उमेर घर्केसँगै कपालले धोका दिन थालेको छ । चलचित्रमा मात्रै हैन, कतिपय कार्यक्रममा उपस्थित हुँदा समेत उनी नक्कली कपाल लगाएर देखिन थालेका छन् उनी । आफूलाई खुला किताब हुँ भन्ने भुवन नक्कली कपालको सहारा लिएको कुरा भने सकेसम्म लुकाउन चाहन्छन् ।

आर्यन सिग्देल: चकलेटी नायकको उपाधि पाएका आर्यन सिग्देलले धेरै नायिकासँग अनस्त्रिmन रोमान्सको अवसर पाए । तर, आफ्नै कपालले धोका दिँदा उनी खुसी बन्न सकेनन् । उनलाई चलचित्रमा नायकको रुपमा लिने हरेक निर्देशकले सबैभन्दा पहिले उनको कपालकै विषयमा चिन्ता गर्छन् । केही चलचित्रमा उनले आफ्नै कपालमा अभिनय पनि गरे । तर, राम्रो नदेखिएपछि नक्कली कपालको शरणमा आए । नक्कली कपालमा फिल्ममा देखिँदा राम्रै टिप्पणी पाउन थालेपछि उनले यसलाई खुसीसाथ स्विकार्ने गरेका छन् ।

जीवन लुइँटेल: कुनै समय आर्यन सिग्देलकै समकक्षी मानिने जीवन लुइँटेललाई पनि कपालले धोका दिएको छ । अभिनय र नृत्य राम्रै गर्ने उनी पनि कपालको मामिलामा भने अभागी ठहरिए । मेर नपुग्दै कपाल पातलिएपछि उनले पनि नक्कली कपालको सहारामा आफूलाई प्रस्तुत गर्दै आएका छन् ।

पशुपति शर्मा: गीत गाउने मुख्य कामसँगै लोक गायक पशुपति शर्माले आफ्ना गीतमा आफैं मोडलिङ पनि गरेका छन् । कतिपय भिडियोमा दौरा-सुरुवाल र ढाकाटोपीमा अभिनय गरे पनि क्याजुअल ड्रेसमा भने ठाडो परेको कपालमै देखिने गरेका छन् । स्टेज कार्यक्रममा सहभागी हुँदा उनले नक्कली कपालको सहारा लिने गरेका छन् ।

The post नक्कली कपालको सहारा लिने नायक देखि गायक सम्म,को-को हुन उनीहरु ? appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.