भयावह बन्दै दुर्घटना, चितवनमा ११ जनाको मृत्यु

प्रनिश थापा, चितवन । पछिल्लो एक महिनाको अवधिमा चितवन जिल्लामा मात्रै सवारी दुर्घटनामा परि ११ जनाले ज्यान गुमाएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार जिल्लामा एक महिनाको अवधिमा ३३ दुर्घटना भएकोमा ११ जनाले ज्यान गुमाए भने,६८ जना घाईते भएका छन् ।

जसमध्ये १९ वटा सवारी साधनमा क्षति पुगेको थियो । एक महिना अवधिमा ७ वटा बस, ६ वटा ट्रक, ३ वटा जीपकार, ११ वटा मोटरसाईकल अन्य ८ वटा सवारी साधन गरि ३३ वटा सवारी साधन दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सन्तोष पन्तले जानकारी दिए ।

उनले सवारी दुर्घटना हुनुको मुल कारण तिव्र गति र साँघुरो सडक नै भएको बताए । सवारी दुर्घटना न्यूनीकरणका लागी आफू प्रयासरत रहेको बताउदै प्रहरी प्रमुख पन्त भन्छन् स् हामीले विभिन्न संघसंस्था हरुको सहयोगमा महिनादिनमा मात्रै १४ वटा क्रियाकलापहरु गरेका छौँ ।

सवारी दुर्घटना न्यूनीकरण गर्न आफ्नु टिम प्रयासरत रहेको बताउदै पन्तले नारायणगढ बजारको लायन्सचोकदेखि पुलचोकसम्म हाईवे पार्किङ निषेध गरिएको र ७५ वटा सार्वजनिक सवारी साधनहरुमा २० बुँदे आचारसंहिता टाँस गरिएको बताए ।

यस्तै खैरहनी नगरपालिका १ तरकारी चोक र बहेरा चोकमा सचेतनामुलक बोर्ड राखिएको उनको थप भनाई थियो । tvannapurna

The post भयावह बन्दै दुर्घटना, चितवनमा ११ जनाको मृत्यु appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.