अदालतबाट दुबईमा मृत्युदण्डको सजाय सुनाइएका नेपालीको रिहाइका लागी राष्ट्रपतिले गरिन् जोडदार माग

दुबई – राष्ट्रपति विद्यादेवी भण्डारीसँग संयुक्त अरब इमिरेट्स (युएई) का उप–राष्ट्रप्रमुख तथा प्रधानमन्त्री शेख महम्मद बिन रसिद अल मोक्तुमले जाबिल राजप्रासादमा औपचारिक भेटवार्ता गर्नुभएको छ । उक्त अवसरमा दुई मुलुकबीच आपसीहितका समग्र पक्षका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीले जानकारी दिनुभयो ।

उहाँले नेपालको पूर्वाधार, पर्यटन, कृषि, जलस्रोतको विकास तथा त्यसका लागि लगानी भित्र्याउने विषयमा छलफल भएको पनि उल्लेख गर्नुभयो । उपराष्ट्रपति अल मोक्तुमले छलफलका क्रममा नेपाली श्रमिक इमान्दार र कर्तव्यनिष्ट भएको भनि प्रशंसा गर्नुभएको र राष्ट्रपति भण्डारीले नेपाली श्रमिकले आफ्नो रोजगारीबाट परिवारका साथै समाजलाई पनि फाइदा पु¥याएको जानकारी दिनुभएको सचिव वैरागीले बताउनुभयो ।

उहाँले पूर्वाधार तथा पर्यटन प्रवद्र्धनका क्षेत्रमा दुई मुलुकबीच स्थापित संयन्त्रलाई अझ थप सक्रिय तथा प्रभावकारी बनाउने कुरामा जोड दिइएको जानकारी दिनुभयो । राष्ट्रपति भण्डारीले अदालतबाट मृत्युदण्डका सजाय पाएका तथा १४ वर्षसम्म कारागारमा रहेका अमरबहादुर बमको सजाय माफी तथा निजको रिहाइका लागि उप–राष्ट्रप्रमुख तथा प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको सचिव वैरागीले उल्लेख गर्नुभयो । वार्तामा आपूर्तिमन्त्री जयन्त चन्द पनि उपस्थित हुनुहुन्थ्यो । वार्तामा राष्ट्रपतिका परराष्ट्र मामिला विज्ञ मदनकुमार भट्टराई तथा राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारी पनि उपस्थित हुनुहुन्थ्यो ।

The post अदालतबाट दुबईमा मृत्युदण्डको सजाय सुनाइएका नेपालीको रिहाइका लागी राष्ट्रपतिले गरिन् जोडदार माग appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.