आफ्नै तीन सन्तानको हत्याको ‘प्लान’ बनाए पिताले, काकाले लाइनमा उभ्याएर हाने गोली

एजेन्सी। आइतबार बेपत्ता भएका तीन नाबालकको शव भेटिएपछि भएको अनुसन्धानमा सनसनीखेज खुलासा भएको छ । ती तीन नाबालकलाई आफ्नै काकाले गोली हानेर मानेको र काकालाई ती बालकका पिताले साथ दिएको खुलेको छ । आइतबार भारतको हरियाण राज्य अन्तर्गत कुरुक्षेत्रको सारसा गाउँबाट ती तीन नाबालक बेपत्ता भएका थिए । मृतकहरु ११ वर्षका समीर, ८ वर्षकी छोरी सिमरन र ४ वर्षका समर भएको बताइएको छ ।

उनीहरुको हत्याको योजना उनीहरुकै पिताले बनाएको र काकाले उनीहरुलाई अपहरण गरेर सुनसान ठाउँमा लगेर लाइनमा उभ्याएर गोली हानेको खुलेको छ । तीन नाबालकको शव बरामद भएसँगै उनीहरुको सनाखत गर्न प्रहरीले उनीहरुका अभिभावक खोज्न थाल्यो । उनीहरुको पहिचान खुलेपछि प्रहरीले नाबालकका पितालाई फोन गर्दा उनको फोन अफ थियो । तीन नाबालक सन्तान बेपत्ता भएका पिताको फोन अफ हुनु प्रहरीलाई शंकास्पद लागेपछि प्रहरीले कडाइ गरेको थियो ।

सोधपुछमा पिता सोनु मलिकले हत्याको योजना आफ्नो भएको स्वीकारेका छन् । उनले आफ्ना भाइ जगदीप मलिकसँग मिलेर हत्या गरेको बताए । हत्याको कारण अबैध सम्बन्ध भएको खुलेको छ । सोनु मलिकको अर्कै महिलासँग अबैध सम्बन्ध थियो । तिनै महिलासँग बिहे गर्नको लागि उनले आफ्नी पत्नीतर्फका सन्तानको हत्या गरेका थिए । प्रहरीले काका जगदीपलाई पनि प्रक्राउ गरेको छ ।

आइतबार तीनैजना बालबालिका एकसाथ बेपत्ता भएका थिए । तीनैजना स्थानीय धन्ना भगत विद्यालयमा पढ्थे । पिता सोनुले त्यतिबेला अपहरणको आशंका गरेका थिए । उनले बालबालिका बेपत्ता भएको भन्दै आफैंले प्रहरीमा उजुरी पनि गरेका थिए । उता काका जगदीपले बालबालिकालाई नजिकै भइरहेको मेला देखाउन भनेर लिएर गएका थिए ।

मेलाबाट फर्किने क्रममा सुनसान ठाउँमा जगदीपले गाडी रोके । त्यसपछि उनले तीनै जनालाई गाडीबाट बाहिर निकाले । गाडीमा म्युजिकको आवाज ठूलो बनाए । त्यसपछि उनीहरु तीनै जनालाई सडकछेउ लाइनमा उभिन लगाएर पारी डाँडा हेर्न पठाए । उनीहरुले पारी हेरिरहेको बेलामा उनले तीनैजनालाई पछाडिबाट गोली हानेर शव त्यही भीरबाट धकेलिदिए । सोनुले बालबालिकाको शव त्यहीँ सड्ने र प्रहरीले उनीहरुलाई बेपत्ता सम्झेर खोजिरहने सोचेका थिए ।

The post आफ्नै तीन सन्तानको हत्याको ‘प्लान’ बनाए पिताले, काकाले लाइनमा उभ्याएर हाने गोली appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.