काठमाडौँ । चलचित्र कृ को अभिनयलाई लिएर नायक अनमोल केसीकाबारे समाचार लेखेको भारतीय चर्चित मिडियाले अर्की नेपाली नायिकाको बारे समाचार दिएको छ। नेपाली नायिकालाई भारतीय अभिनेत्री सन्नी लिओनी सँग जोडेर समाचार बनेको छ। नेपालकी एक नायिका सन्नी लियोनी भन्दा कम छैनन् भन्दै उक्त समाचारमा नायिका अदिती बुढाथोकीलाई उतारिएको छ।
भारतीय चर्चित मिडिया एबिपी न्युजले समाचार तयार पारेको हो।
समाचारमा अदितीका तस्वीरले सामाजिक संजालमा तहल्का मच्चाएको उल्लेख छ। अदितीलाई सन्नी लियोनी भन्दा हट भनेर उल्लेख गरिएको छ।
अदिती चलचित्र कृ मार्फत नेपाली रजतपटमा उदाएकी हुन्। उनले यो भन्दा अगाडि अन्य मुभिमा अभिनय गरेकी छैनन् तर समाचारमा भने उनले थुप्रै चलचित्र गरेकी उल्लेख छ।
अदितीलाई इन्स्टाग्राममा बलिउडका थुर्पै हस्तीहरुले पच्छ्याएका पनि समाचारमा छ। इन्स्टाग्राममा अदितीका ३ लाख फलोअर्स छन्।
The post भारतीय मिडियामा नेपाली नायिकाको चर्चा, जोडियो सन्नि लियोनीसँग appeared first on Taja nepali news.
http://ift.tt/eA8V8J

Post a Comment
Thanks.