३० बर्षदेखि मन्दिरमा परेवाको दाना बेच्दै आएकी माइली सिलवालको कथा, जसले यसरी नै जीवन धानेकी छन्

काठमाडौँ, १६ पुस । ललितपुरको पाटनस्थित कृष्ण मन्दिर प्राङ्गणमा एक वृद्धा सँधै भेटिन्छिन् । उनको नाम हो, माइली सिलवाल । जसले ३० वर्षदेखि अधिकांश समय यही मन्दिरको प्राङ्गणमा बिताउँदै आएकी छन् । मन्दिरको दर्शन गर्ने, घाम ताप्दै दिन कटाउने अधिकांश वृद्धवृद्धाको दिनचर्या हो । तर, माइलीको कथा भने छुट्टै छ । हरेक दिन गोदावरी मानडाँडाबाट यहाँ आएर परेवाको दाना बेच्नु उनको दिनचर्या हो । अब तपाईंलाई लाग्न सक्छ, परेवाको दाना बेचेर कति फाइदा होला ? यसको गतिलो उदाहरण उनै माइली हुन् । जसले ३० वर्षदेखि परेवाको दाना बेचेरै जीविकोपार्जन गर्दै आएकी छन् ।

यो मन्दिर हिन्दूहरुको धार्मिकस्थल मात्रै होइन, यो विश्व सम्पदामा सूचिकृत सम्पदा पनि हो । यहाँ हरेक प्रकारका मानिसहरु विभिन्न उद्देश्यले आउने गर्छन् । कोही तिर्थाटन गर्न आउँछन् त कोही घुमफिर गर्न । यति मात्रै होइन व्यापारदेखि दिन कटाउने स्थानको रुपमा पनि पाटनको दरबार स्क्वायर क्षेत्रलाई उपयोग गर्छन । जो जसरी आएपनि अधिकांशले परेवालाई दाना हाल्न छुटाउँदैनन् । अभिभावकले परेवालाई दाना दिनेक्रममा बालबालिकाहरुले मनोरञ्जन पनि लिने गरेका छन् । यही कारणले माइलीको व्यापार फस्टाएको छ । ‘यहाँ आउन धेरैले परेवालाई दाना दिने गर्छन्,’ उनी भन्छिन्, ‘दानको व्यापारा राम्रो छ ।’

यही व्यापारले माइलीले आफ्नो घर व्यवहार मात्रै होइन्, छोराछोरीको विवाहका लागि आवश्यक खर्च समेत जुटाएकी छन् । घर परिवारमा छोराबुहारी, नातिनातिना रहेका बताउने हरेक दिन बिहान ७ बजे मन्दिरमा आइपुग्छिन् । चार घण्टाको परेवाको दाना व्यापारले परिवारको गर्जाे टरेको बताउँने उनी ११ बजे भने घर फर्र्किन्छन् ।

छोरा टाउको रोगका कारण काम गर्न नसक्ने र बुहारी पनि सामान्य घरको मात्रै काम गर्ने गरेकाले आर्थिकभार आफैँले थेग्नु परेको उनी सुनाउँछिन् । उमेर ढल्कँदै गएकाले व्यापार गर्न विस्तारै गाह्रो हुन थालेको उनको भनाइ छ । उनी त प्रतिनिधि पात्र मात्रै हुन् । उनी जस्ता धेरै मानिस छन्, जसले मन्दिरमा व्यापार गरेर गुजरा चलाएका छन् ।

प्रस्तुति– निता महर्जन/प्रशिक्षार्थी पत्रकार medianp

The post ३० बर्षदेखि मन्दिरमा परेवाको दाना बेच्दै आएकी माइली सिलवालको कथा, जसले यसरी नै जीवन धानेकी छन् appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.