थाहा छ ? यी ५ राशि हुने मानिसहरू सबैभन्दा चलाख र होशियार हुन्छन्

हामी कति बुद्धिमान या समझदार छौँ भन्ने कुरा हामी आफैँ बताउन सक्दैनौ । समझदारी या हाम्रो बुद्धि कौशलको अनुमान तब मानिसलाई थाहा हुन्छ, जब हामी कुनै विपत्तिमा आफ्नो दिमागको सही प्रयोग गर्छौँ । चलाकीपूर्वक बुद्धिको प्रयोग गर्नु पनि एक कला हो, जो हाम्रो ज्योतिषीय गुणमा समावेश छ । हुनत: हरेक व्यक्तिमा आफ्नो गुण हुन्छ तर आज हामी राशिको माध्यमले थाहा पाउने छौँ कि वास्तवमा कुन-कुन राशि भएका मानिस अधिक चलाक र बुद्धिमान हुन्छन् । ज्योतिषशास्त्रका अनुसार, आज यहाँ ती राशिहरूको बारेमा चर्चा गरिएको छ, जो सबैभन्दा बढी बुद्धिमान मानिसको श्रेणीमा पर्दछन् ।

तुला राशि

हरेक समस्याको सहजै समाधान निकाल्न तुला राशि भएका मानिसहरू आफ्नो बुद्धिमानीको कारण नै चिनिन्छन् । यो राशि भएका मानिसहरू आफ्नो स्तरमा आइडिया सोच्ने गर्दछन् र यसलाई एक अलग ढंगले प्रदर्शन गर्दछन् । यदि कुनै सोचलाई परिवर्तन गरी केही नयाँ काम गराउने सोच्नुहुन्छ भने यसको लागि तुला राशि भन्दा राम्रो कुनै राशि हुनसक्दैन । तुला राशि भएका मानिसहरूसँग हरेक समस्याको समाधन हुन्छ । जब कुनै पनि समस्या उत्पन्न भएमा यस राशिका मानिसले हरेक किसिमले समाधान निकालेर नै छोड्छन् । यस राशिका मानिसहरू एकदमै मिलनसार मित्र र राम्रो सल्लाहकार मानिन्छन् ।

कुम्भ राशि

कुम्भ राशिको मानिसहरू सबैभन्दा बढी समझदार हुन्छन् किनकी यी मानिस हरेक स्थिति अनुकूल नै निर्णय लिन्छन् । यस राशिका मानिस सबैभन्दा अलग सोचका हुन्छन् । यिनिहरूको दिमागमा सधैँ अलग र क्रिएटिभ आइडियाले जन्म लिन्छ । यो राशि भएका मानिस आफ्नो कुशलतालाई देखाउन कहिलै पछी हट्दैनन् । यी मानिसहरूमा सबैको मनमा राज गर्ने कौशल हुन्छ । यिनीहरू ज्ञानको धनि हुन्छन्, आफ्नो गहन ज्ञानको कारणले यी मानिस हरेक समस्याको कुनै न कुनै हल निकाल्छन् ।
कन्या राशि

आलोचक र विश्लेषक ज्योतिष शास्त्रका अनुसार कन्या राशि हुने मानिसहरूको सबैभन्दा ठूलो विशेषता नै यिनीहरू ज्यादै बुद्धिमानी हुन्छन् । यी मानिसहरूले उचित अवस्थामा मात्र प्रतिक्रिया जनाउँछन् । यिनीहरू एक-एक गरि आफ्नो दिमागमा विचारलाई सिर्जना गर्दछन् र सही समयमा नै बलियो रहेको त्यस विचारलाई सबैको अगाडी देखाउँछन् । यी मानिसहरू अवस्थालाई विश्लेषण गरेर मात्र अगाडी बढ्छन् ।
मीन राशि

यस राशिलाई भावुक राशि भनिन्छ र जब कुरा दिमाग चलाउने आएमा यो राशि भएका मानिसहरू आफ्नो हिसाबले काम गर्छन् । यदि यिनीहरूमा कुनै एकदमै महान विचार छ भने त्यसमा हृदय देखि नै काम गर्छन् र त्यसलाई सबैको सामु ल्याउन अधिक मेहेनत गर्छन् । यी राशि भएका मानिसहरू एक महान बुद्धिको स्वामी हुने गर्छन् ।
सिंह राशि

चलाकको राजा सिंह राशि भएका मानिसहरूलाई यदि कुनै यस्ता काम दिनुहोस्, जसमा बढी दिमाग लगाउनु पर्ने आवश्यकता पर्दछ । हुनसक्छ कि उनीहरूले पहिलो पटक त्यो काम नबुझे पनि तर हार मान्दैनन् । यस राशिका मानिसहरूले थोरै ढिलो समझदारी देखाउँछन् तर यसको अर्थ यो पनि होइन कि यी मानिसहरू बुद्धिमान हुँदैन । यिनीहरू कुनै पनि काम सोच्नको लागि थोरै समय लगाउँछन् तर यिनीहरूले एक पटक गर्छु भनेपछि त्यो गरेर छोड्छन् । इताजाखबर बाट

The post थाहा छ ? यी ५ राशि हुने मानिसहरू सबैभन्दा चलाख र होशियार हुन्छन् appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.