भारतलाई पाकिस्तानले दियो यस्तो खतरनाक चेतावनी, अब के होला स्थिति ?

पुस ३० काठमाडौँ । भारतीय स्थल सेनाध्यक्ष जनरल विपिन रावतको बयानमा पाकिस्तानले कडा प्रतिक्रिया दिएको छ ।

पाकिस्तानले भारतलाई कुनै ‘सम्भावित कारवाही’ का लागि चेतावनी दिँदै आफूसँग भएको परमाणु हतियार पूर्वबाट आउने कुनै पनि खतरासँग सामना गर्न सक्ने गरी बनाइएको जानकारी दिएको छ ।

यसअघि भारतीय सेना प्रमुख विपिन रावतले बुधबार आफ्नो सेना पाकिस्तानको ‘परमाणु धम्की’ सँग सामना थगर्न तयार भएको बताएका थिए । उनले सरकारले आदेश दिएमा भारतीय सेना पाकिस्तानको सीमा पार गर्न कुनै संकोच नराख्ने पनि उल्लेख गरेका थिए ।

सेना प्रमुख रावतले प्रेस कन्फ्रेन्समा भनेका छन्-, ‘हामी पाकिस्तानको परमाणु धम्कीको जवाफ फर्काउँछौँ । पर्यो भने हामी पाकिस्तानसँग परमाणु हतियार छ भन्दैमा सीमा पार गर्न डराउँदैनौँ ।’

भारतीय सेनाको भनाईप्रति पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले भारतबाट हुने कुनै पनि हमलाको सामना गर्न आफूहरु तयार रहेको बताएका छन् ।

पाकिस्तानी सरकारी टेलिभिजनसँग कुरा गर्दै उनले भारतलाई चेतावनी दिँदै भने-, ‘उनीहरु के गर्न चाहन्छन् यो उनीहरुको कुरा हो । यदि हाम्रो धैर्यताको परीक्षा लिन चाहन्छन् भने त्यसको परिणाम भोग्न उनीहरु तयार भए हुन्छ ।’

पाकिस्तानी सेनाका प्रवक्ता गफूरले रावतको टिप्पणी कुनै पनि सेना प्रमुखले गर्ने जस्तो पनि नभएको बताए । उनले सेना प्रमुख जस्तो व्यक्तिलाई यस्तो टिप्पणी गर्न सोभा नदिने समेत बताए ।

उनको भनाई छ, ‘पाकिस्तानको परमाणु शक्ति देखेर भारत परम्परागत युद्ध लड्न तयार छैन । हामी यो पनि मान्छौँ कि यो एक प्रकारको प्रतिरोधको हतियार हो ।’

The post भारतलाई पाकिस्तानले दियो यस्तो खतरनाक चेतावनी, अब के होला स्थिति ? appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.