जापानले बनाएको कामुक सेक्स डल, जसको कारण बिहे नै नगरी बस्छन पुरुषहरु

एजेन्सी । हरेक ५ मा एक जापानी पुरुष ५० बर्षसम्म पनि बिहे नगरेको एक सर्बेक्षणले देखाएको छ । यसको मुख्य कारण पत्नीको बिकल्प सेक्स डलको प्रयोग भएको बताईएको छ । पछिल्लो समय जापानमा डच वाइफ नामक सेक्स डल निकै लोकप्रीय छ ।

यो सेक्स डलको लुक्स र स्किन यति रियल छ की पहिलोपटक हेर्ने जो कोहि यसलाई मान्छे नै सोच्दछन् । सेक्स डल निर्माण कंम्पनी ओरिएंटल इंडस्ट्रीले डच वाईफ हाइपर रिएलिस्टिक डल्स भएको दाबी गरेको छ ।

डच वाईफको मुल्य करिव ६ लाख नेपाली रुपैया पर्न आउदछ । पछिल्लो समय जापानमा यो सेक्स डलको माग अत्याधिक रहेको छ । बिश्वमानै उक्त सेक्स डलको माग अन्यको तुलनामा उच्च रहेको निर्माण कंपनीको दावी छ ।

एकपटक जापानको ग्रामिण भेगमा फालिएको यो सेक्स डललाई महिलाको शव भनेर त्याहाँको पुलिसले उक्त सेक्स डललाई पोष्टमार्टम हलसम्म पुर्याएको थियो । यो समाचार सार्वजनिक भएपछि यसको माग उच्च हुन पुगेको थियो ।

जब प्रदर्शनीमा राखिएको सेक्स डल देखेर उत्तेजित भए दर्शक…

मानिस कतिबेला कुन हदसम्म जानसक्छ भन्ने कुराको अनुमान गर्नपनि गाह्रो हुन्छ । अष्ट्रियामा भएको एउटा घटनाले यस्तै बताउँछ ।

त्यहाँ भएको एक प्रदर्शनीमा मानिसहरु सेक्स डल देखेर एकाएक उत्तेजित भए । उत्तेजित मानिसहरुले एकाएक सेक्स डल नै तोडफोड गर्न थाले ।

अष्ट्रियाको लिञ्जमा हालै आर्टस् इलेक्ट्रोनिया फेस्टिबलको आयोजना गरिएको थियो । उक्त विद्युतीय उपकरणको प्रदर्शनीमा एउटा सेक्स डल पनि राखिएको थियो । समेन्था नामक उक्त सेक्स डलको मूल्य झण्डै ३५ सय युरो थियो ।

त्यो महंगो तथा सुन्दर सेक्स डलर देखेर मानिसहरुले सेक्स डलका बारेमा जानकारी लिनेछन् र त्यो प्रडक्ट खरीद गर्ने विषयमा निर्णय गर्नेछन् भन्ने आयोजकको अनुमान थियो । तर भयो उल्टो ।

मानिसहरुले त्यो सेक्स डललाई उत्तेजित भएर सामसुम पार्न थाले । जोडसँग छाम्ने क्रममा त्यो सेक्स डल नै कच्याक कुचुक भयो । समेन्ता अब मर्मत नै गर्न नसकिने अवस्थामा पुगेको छ ।

उक्त सेक्स डल निर्माता सेर्गी सेन्टोसका अनुसार मानिसहरु समेन्थाको छाति, हात तथा खुट्टामा चढे । मानिसहरु यति खराब पनि हुनसक्दारहेछन् की उनीहरुले सेक्स डलप्रति बर्बरता देखाए ।

अब उक्त सेक्स डललाई सफाइ तथा सम्भावित मर्मतका लागि स्पेन फर्काइँदैछ ।

मानिसहरुको सेक्सडल प्रतिको क्रुरता देख्दा पुरुषहरु महिलामाथिको यौनहिंसाका क्रममा कस्तो व्यवहार गर्दा रहेछन् भन्ने प्रष्ट भएको विज्ञहरुले बताएका छन् ।

यद्यपि सेक्स डल तथा सेक्स रोबोटका विषयमा कतिपयले कडा आलोचना पनि गर्दै आएका छन् । कतिपयले सेक्स रोबोटका कारण बलात्कारका घटना झनै बढ्ने तर्क समेत गर्दछन् । बीबीसी

The post जापानले बनाएको कामुक सेक्स डल, जसको कारण बिहे नै नगरी बस्छन पुरुषहरु appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.