बिहेकै दिन बेहुलीले बच्चा जन्माएपछि….

जब कुनै युवतीले आफ्नो बिहेकै दिन बच्चा जन्माउँछिन् भने त्यो घटना हाम्रो समाजमा त पाच्य हुने खालकै हुँदैन । किनकी हामीकहाँ विवाह अघिको यौन सम्बन्ध बर्जित छ सामाजिक रुपमा । तर बेलायतमा चाहीँ हालै यस्तै भएको छ । बेहुली आफ्नो बिहेकै दिन वेडिङ गाउनमै अस्पताल गइन् र केही बेरमै छोरी जन्माइन् । यो थाहा पाउँदा बिहेमा आएका सबै पाहुना तिनछक परे । वेष्ट मिडल्याण्डमा बस्ने १९ वर्षकी डेनी माउन्टफोर्डको विवाह १८ वर्षका कार्ल नामक युवकसँग भैरहेको थियो । डेनी र कार्ल केही वर्षदेखि रिलेसनसीपमा थिए ।

बिहेको समारोह सम्पन्न भएसँगै प्रीतिभोज चलिरहेको थियो । उक्त रिसेप्सनमा नाच्दा नाच्दै अचानक डेनीको पेट दुख्न सुरु भयो र बेहुली गाउनमै उनलाई अस्पताल लगियो । बेहुला कार्ल पनि उनीसँगै अस्पताल गए । पाहुनाहरु भने रिसेप्सनमै मग्न थिए । भोज चलिरहेकै बेलामा खबर आयो की नव बेहुली डेनीले बच्चा जन्माइन् । अनि बिहेकै दिन डेनी रर कार्ल बाउआमा बने । गत डिसेम्बर १८ को घटना हो यो । डेनी ९ महिनाकी गर्भवती थिइन् । उनको लागि जनवरी महिनाको डेलिभरी डेट दिइएको थियो । त्यसैले उनीहरुले डिसेम्बर महिनामै बिहे गर्ने निधो गरे । तर डाक्टरले दिएको भन्दा छिटो उनी सुत्केरी भइन् र बिहेको दिनमै छोरी पाएर किर्तिमान राखिन् । अब यो जोडीले आफ्नो एनिभर्सरी र बच्चाको बर्थडे सँगै मनाउनेछ । एजेन्सी

The post बिहेकै दिन बेहुलीले बच्चा जन्माएपछि…. appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.