‘मिस्टर झोले’ प्रेस शोमा छोरासँग दयाको लोभलाग्दो प्रेम

फिल्म ‘मिस्टर झोले’ को शुक्रबार बिहानै प्रेस शो गरिएको छ । पब्लिक शोमा गरिएको प्रेस शोमा रामबाबु गुरुङ निर्देशित फिल्मले सकारात्मक प्रतिक्रिया पायो । विशेष गरी फिल्ममा समावेश रमाईला संवाद र कलाकारको अभिनय राम्रो लागेको फिल्म हेरेर निस्किएका दर्शकले प्रतिक्रिया दिए ।

प्रेस शोमा अभिनेता राई पत्नी र छोरा सहित उपस्थित थिए । फिल्म हेरेपछि छोरासँग दयाको प्रेम हेर्न लायकको रह्यो । श्रीमती बेनुका राईले ‘मिस्टर झोले’ राम्रो लागेको बताइन् । ‘यो फिल्म दर्शकलाई पनि मन पर्छ’, श्रीमती राईले भनिन्।

यस्तै निर्देशक सुवर्ण थापाले फिल्ममा हरेक कलाकारको प्रस्तुती राम्रो रहेको बताए । प्रेस शोमा दया सहित निर्देशक गुरुङ, नायिका दिया पुन, निर्माताहरु टेकेन खड्का, रौनक विक्रम कंडेल, कलाकार कमलमणी नेपाल लगायत उपस्थिति थिए ।

नायक संजोग कोइराला, नायिका मेनुका प्रधान, सृजना सुब्बा लगायतले फस्ट शोमा मिस्टर झोले हेरे । फिल्मकी अर्की नायिका बर्षा राउत भने यतिबेला अष्ट्रेलियामा छिन् । तस्बिर : कुशल घतानी राई

The post ‘मिस्टर झोले’ प्रेस शोमा छोरासँग दयाको लोभलाग्दो प्रेम appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.