‘म चरा भएपनि भुरुर्र उडेर साउदी जान्थें छोरी खोज्न’

कावासोती, पुष २०- पैसा कमाउन विदेश गएकी छोरी विदेशमा बन्धक बनाइएकी छ रे भन्ने सुन्दा आमाको मनमा के वित्छ, त्यो पार्वती नेपालीलाई नै थाहा छ । ७ सन्तान मध्येकी कान्छि छोरी सन्तमायालाई साहुले साउदीमा बन्धक बनाएर काम गराएको ६ वर्ष वित्यो ।

३ कक्षासम्म पढेकी सन्तमाया भारतको बाटो हुँदै भिजिट भिषामा साउदी पुगेकी हुन् । यसअघि फोनमा बोल्दा नेपाली बोल्न समेत बिर्सिएँ आमा भन्ने छोरीलाई कसरी नेपाल फर्काउन सकिएला भनेर परिवार चिन्तामा छ ।

रोजगारीका लागि भारत गएका पार्वतीको एउटा छोरा तुलबहादुर उतै हराए । छोरी सन्तमाया पनि वेखवर छिन् । यसले पार्वतीको मनमा औडाहा चलिरहन्छ । उनी भन्छिन् म चरा भएपनि भुरुर्र उडेर जान्थें भने झैं हुन्छ । रनबन डढेको के देखिन्छ र ? मेरो मन रुवाएको त कसैले पनि देखेको छैन ।

उनी जाँदाको भिजिट भिषाको फोटाकपी पनि आमा पार्वतीले जतन गरेर राखेकी छन् । साउदी अरवबाट सन्तमायालाई नेपाल फर्काउन तपाईले कुनै सहयोग गर्न सक्नुहुन्छ की ? उनका बारेमा तपाईसँग कुनै जानकारी भएन तपाईले नेपालमा सुरक्षित आप्रवासन सुचना तथा परामर्श केन्द्र, कावासोतीको फोन नम्वरन ०७८ ५४०९५७ मा खवर गरिदिनुहोला ।

The post ‘म चरा भएपनि भुरुर्र उडेर साउदी जान्थें छोरी खोज्न’ appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.