निर्मातासँग प्रियंकाले मागिन् ११ करोड !

केही वर्ष यता महिनै पिच्छे नायिका प्रियंका कार्की अभिनीत फिल्मका पोष्टरहरु भित्तामा टाँसिदै आइरहेका छन् । कति फिल्म त उनलाई हलमा लागेको समेत पत्तो हुँदेन भने केहीले प्रियंकालाई ठूलै राहत पनि दिएका छन् । हालैमात्र फिल्म ‘लिलिबिली’को छायांकन सकाएकी उनको नयाँ फिल्म ‘बटरफ्लाई’ यही हप्ताको शुक्रवारबाट प्रदर्शनमा आउँदैछ । उनी आफूले पहिलो पटक सिम्पल लभस्टोरी फिल्ममा काम गरेको बताउँछिन् ।

आइतवार पत्रकारसँग कुराकानी गर्दै प्रियंकाले भनिन्, ‘मैले धेरै फिल्ममा फरक-फरक भूमिका निर्वाहा गरेको छु । ‘बटरफ्लाई’ पनि विल्कुलै फरक छ । मलाई रहर पनि थियो एउटा सिम्पल लभस्टोरी फिल्ममा काम गर्ने त्यो ‘बटफ्लाई’बाट पूरा भएको छ । फिल्म हेरेर दर्शकले इन्जोय गर्नुहुन्छ ।’ यस्तै, उनले पटक-पटक पर्दामा आइरहनुको विषयमा पनि मुख खोलिन् ।

‘मैले सबै फिल्म सेड्युल अनुसार नै गरिरहेको हुन्छु । तर, रिलिज भने लगातार जस्तो नै हुन्छ । मेरो फिल्म लगातार हलमा आइरहनुको कारण म होइनँ ।’, प्रियंकाले भनिन् । उनी अगाडि थप्छिन्, ‘पैसाको पछि लागेर मैले फिल्म गरिरहेको पनि छैन । यदी कसैले ११ करोड दिन्छ भने म वर्षमा एउटा मात्र फिल्म गर्न तयार छु । फिल्मको पब्लिसिटीमा मज्जैले हिँड्छु । तर, बलिउड जस्तो हाम्रो बजार ठूलो छैन । अझै धेरै वर्ष लाग्छ एउटा नेपाली कलाकारले ११ करोड पारिश्रमिक लिने दिन आउन ।’

उनले अहिलेसम्म आफूले गरेको फिल्मबाट पाएको पारिश्रमिकबाट खुसी रहेको पनि बताइन् । ‘पैसाभन्दा पनि फिल्ममा आफ्नो भूमिका कति सशक्त छ भन्ने कुरा महत्वपूर्ण हो ।’, प्रियंका भन्छिन्, ‘मेरो अरु साइड विजनेश छैन । उठेदेखि सुतेसम्म म फिल्मकै विषयमा सोच्छु । आफू बाँच्नका लागि पनि मैले फिल्म गर्नुपर्छ ।’

The post निर्मातासँग प्रियंकाले मागिन् ११ करोड ! appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.