छोराले घरबाट निकालेपछि ८० वर्षीय वृद्धको यस्तो नराम्रो संगले बिजोग..

जनकपुरधाम : बुढेसकालको सहरा सन्तान बन्ला भन्ने सपना हरेक आमाबावुको हुन्छ। तर, ८० वर्षीय श्रीलाल मण्डललाई छोराहरुले जीवनको अन्तिम अवस्थामा घरबाट निकालेपछि उनको विजोग भएको छ।धनुषाको जनकनन्दनी गाउँपालिकाको खजुरी प्रखे महुवा निवासी मण्डललाई उनका छोराहरुले सम्पती आफ्नो नाममा पारी घरबारविहीन बनाएका छन्।छोराहरुले पुस्तेनी घडेरी र जग्गा आफ्नो नाममा गराएर घरबाट निकालेपछि उनी न्यायको गुहार माग्दै बुधबार जिल्ला प्रशासन कार्यालय धनुषामा छोराविरुद्ध निवेदन दर्ता गराएका छन्।

मण्डलका दुई छोरा रविन्द्र मण्डल र श्यामसुन्दर मण्डलले २०६६ सालमै अंश बाडँफाँट गरी बुवाको नाममा रहेको सम्पत्ति आफ्नो नाममा गराएका थिए। अंशबण्डाको बेला गरिएको कागजमा दुवै छोराले घरको जग्गा मध्येको केही भागमा बुवालाई बसोबास गर्न दिने सहमति समेत भएको थियो।तर, जग्गा छुट्याएर मंजुरनामा कागजमा सहिछाप लगाएको आठ वर्ष वितिसक्दा पनि छोराहरुले मण्डललाई नत खेतीपातिको उब्जाबाट केही दिएका छन् नत घरमै बस्न दिएका छन्।

आफ्नो गुजाराको लागि हिस्सा माग्दा उल्टै घरबाट बाहिर निकालिएको श्रीलालले गुनासो पोखे।कान्छो छोरा सानै छँदा श्रीलालकी श्रीमतिको मृत्यु भएको थियो। जेनतेन दुखकष्ट गरेर दुवै छोरालाई उनले हुर्काए। बुढेसकालमा सहारा हुने सोचेर आफ्नो सबै सम्पति पनि छोराहरुको नाममा गरिदिए तर, अहिले छोराहरुले दुश्मनझैं व्यवहार गरिराखेका छन् श्रीलालले गहभरी आँशु पोख्दै भने।

आठ वर्षदेखि घरबारविहिन भई जेनतेन गुजारा चलाउँदै आएका श्रीलालले सहनै नसकेपछि छोराहरुबाट न्याय दिलाई दिन प्रशासनलाई गुहार्न पुगेको बताए। उनका जेठा छोरा रविन्द्र गाउँमै जीवनबिमा पोलिसिको एजेन्टको काम गर्छन् भने कान्छा छोरा बेरोजगार छन्।

श्रीलाल हाल सिरहामा आफ्नो नातेदार कहाँ बस्दै आएका छन्। आफूले पाउने वृद्धभत्ताबाट जेनतेन गर्जो टार्दै आएको र खानबस्न अरुको मुख ताक्नुपर्ने अवस्था भएकाले छोराहरुबाट न्याय दिलाई दिन उनी सबैसँग आग्रह गर्दै आएका छन्।अन्नपूर्ण पोस्टबाट

The post छोराले घरबाट निकालेपछि ८० वर्षीय वृद्धको यस्तो नराम्रो संगले बिजोग.. appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.