तपाईंको आजको राशिफल/वि.सं. २०७४ पौष १८ गते मङ्गलबार तदनुसार ई. सं. २०१८ जनवरी ०२ तारिख,

वि.सं. २०७४ पौष १८ गते मङ्गलबार तदनुसार ई. सं. २०१८ जनवरी ०२ तारिख, साधारण नामक संवत्सर, शाके :– १९३९, सूर्य दक्षिणायन, हेमन्त ऋतु, ने.सं. :– ११३८, (पोहेलाथ्व), काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:५६ बजे र सूर्यास्त : साँझ ०५:१९ बजे, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०६:४६ बजे र सूर्यास्त : साँझ ०५:१३ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०७:०३ बजे र सूर्यास्त : साँझ ०५:२३ बजे, पौष शुक्लपक्षको पूर्णिमा तिथि, बिहान ०८:५४ बजेसम्म, त्यसपछि प्रतिपदा तिथि, आर्द्रा नक्षत्र, दिउँसो ०१:२६ बजेसम्म, त्यसपछि पुनर्वसु नक्षत्र, चन्द्रमा मिथुन राशिमा, मध्यरात्रीपछि ०६:१० बजेसम्म, त्यसपछि कर्कट राशिमा, ऐन्द्र योग, मध्यरात्रीपछि ०३:४६ बजेसम्म, त्यसपछि वैधृति योग, बब करण, बेलुका ०७:४३ बजेसम्म त्यसपछि बालब करण, आनन्दादि योग : चर, चन्द्रवर्ण : पहेंलो, चन्द्रदिशा : पश्चिम, योगिनीदिशा : वायव्य, वारशूल : उत्तर, आजको चाडपर्व र उत्सव : माघ स्नान प्रारम्भ, हनुमत्तीर्थ त्रिवेणी मेला (भक्तपुर), आर्य दिवस, चाँगुनारायण मेला, हैगुमिलापुह्नि (नेवारी पर्व)

आगामी ३ दिनभित्र पर्ने चाडपर्व र उत्सव तथा शुभ मूहुर्त : २० गते : मूहुर्त : अन्नप्राशन(पास्नी), २१ गते : बडा गणेश उत्सव (काशी, वाराणसी, भारत), गुरु गेविन्दसिंह जयन्ती (शिख धर्म),

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
सहयोगीहरूले हात झिक्नाले पनि अप्ठ्यारोमा परिएला । आर्जित धन खर्च हुनसक्छ । पहिलेको समस्याले केही झमेला निम्त्याउन सक्छ । परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ । सफलता पाउन धैर्य गर्नुपर्ने समय छ । सहयोगीहरूले साथ दिनपाउने छैनन् । रोकिएका काममा घोत्लिनु परे पनि पुनः प्रारम्भ गर्ने वातावरण बन्दैन । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग गाढा हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ ऋद्धिबुद्धिसहिताय श्रीमन्मङ्गलमूर्तये नमः यस मन्त्रको कम्तीमा ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
ठीक समयमा सही निर्णय लिन सकिने छ । कार्यसम्पादन गर्ने क्षमता बढ्नेछ । शत्रुले पनि काममा साथ दिने परिस्थिति बन्नेछ । मोजमज्जा र रामरमाइलोमा धन खर्च गर्न मन हौसिने छ । सोचेको काम उचित समयमा सम्पादन गर्न सकिने र साख जोगाउन सकिने छ । व्यवसाय, पेसा र पठनपाठनमा गरेको सानो मिहिनेतले राम्रो प्रतिष्ठा आर्जन गर्न सकिने छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो वा उज्यालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ धनप्रदाय कुबेराय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिने छ । परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिने छ । मनग्ये धन आर्जन होला । विछोडिएका आफन्तसँग भेटघाट हुनेछ । नयाँ कामको प्रस्ताव आउन सक्छ । बोलीवचनमा सुमधुरताको आगमन हुनेछ । मनमा उत्साह र उमङ्गको कमी हुनेछैन । लेनदेन र व्यापारव्यवसायमा अभिबृद्धि हुनेछ । मानसम्मान र प्रतिष्ठा बढ्ने छ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग हलुका रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गं गणपतये नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
मनमा भय र त्रासको निवास हुनेछ, चिडचिडेपना र अशान्ति बढ्ने योग छ । ऋणसापटीमा रकम लगानी गर्नु भनेको खर्च गरे जत्तिकै हुनेछ । पतिपतगबिीचको दूरी बढ्ने योग छ । अन्तै अलमलिनाले नियमित काममा बाधा पुग्न सक्छ । आश्वासन दिनेहरूबाट धोका पाइनेछ । नजिकका साथीभाइ टाढिने सङ्केत छ । पापमतिको उदय हुनेछ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग गाढा पहेंलो बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कें केतवे नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
श्रमको उचित मूल्याङ्कन हुनेछ । गरेका कामबाट प्रशस्त लाभ हुने समय छ । समय उत्साहवद्र्धक रहला । व्यापारमा प्रशस्त फाइदा हुनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । पितृधन उपयोग गर्दा अझ लाभ हुन सक्छ । नयाँ ज्ञान प्राप्त हुनेछ । दाम, नाम, इनाम हातपार्ने बेला छ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग सेतो वा घिउरङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमः शिवाय यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट खासै लाभ पाउन सकिंदैन । लामो समयदेखि काम बन्न नसकेकाले मनमा निराशा र वैराग्यका भावना टुसाउन सक्छन् । यद्यपि सामाजिक दायित्व बढ्नेछ । परिश्रम र मिहिनेतका बलमा प्रशस्त लाभ उठाउन सकिने छ । प्रयत्न गर्दा महत्वपूर्ण वस्तु लाभ हुनसक्छ । अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शं शनैश्चराय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुनेछ । यश, सम्मान र प्रतिष्ठामा बृद्धि हुनेछ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुनेछ । मनोरञ्जनमा भुलिने समय छ । बिग्रन लागेको काम पनि अन्त्यमा सफल भई छाड्ने छ । मान्यजन र अभिभावक वर्गको सहयोगमा रोकिएका काम सम्पादन गर्न सघाउ पुग्नेछ । आजका लागि शुभअङ्क १ र शुभरङ्ग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमो भगवते वासुदेवाय यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
आँटेका काम बन्ने सङ्केत छैन । मुख्य काममा बाधा हुने देखिन्छ । अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ वा सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहनेछ । प्रयत्न गरे पनि परिश्रम निरर्थक हुनेछ । आश्वासन बाँड्नेको भर पर्नु हुँदैन, झुक्याउन सक्छन् । व्यावसायिक काममा खर्च बढ्नेछ । सवारीमा सावधानी अपनाउनुहोला । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सङ्कटाभगवत्यैै नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । विभिन्न सहयोग र उपहार पाइनेछ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । नयाँ ज्ञान सिक्ने मौका छ । व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ । व्यावसायिक यात्राको सम्भावना छ । दाम्पत्य जीवनमा रमाइलो रहनेछ । आम्दानी प्रशस्तै बढ्नेछ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग सुन्तले हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शुं शुक्राय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
विवादले खिन्न बनाए पनि आत्मबल र हौसलामा कमी आउने छैन । पारिवारिक र दाम्पत्य सम्बन्ध प्रगाढ बन्नेछ । व्यावसायिक यात्राको सम्भावना छ । व्यापार तथा उद्योगतर्फ फाइदा हुने योग छ । वैदेशिक यात्रा पनि लाभदायक रहनेछ । समय मनोरञ्जनपूर्ण छ । तर जुनसुकै काममा सफलता आर्जन गर्न प्रतिस्पर्धा गर्नुपर्ने समय छ । आजका लागि शुभअङ्क २ र छिर्केमिर्के बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बुं बुधाय नमः यस मन्त्रको कम्तीमा ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
सोच र विषयवस्तुप्रति मन केन्द्रित हुनेछ । गोपनीय ढंगले गरिएको कामबाट मनग्ये फाइदा हुनेछ । सुखद समाचारले अझ उत्साह बढ्नेछ । पढाइलेखाइमा प्रगति हुनेछ । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिने छ । रचनात्मक कार्यमा जुट्दा प्रशस्तै फाइदा हुने समय छ । गुरुजनको विशेष सहयोग प्राप्त हुनेछ । प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग गाढा हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ घृणि सूर्याय नमः यस मन्त्रको कम्तीमा ०७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
प्रभावशाली र ठूला मानिसको सहयोग जुटाउन सकिन्छ । आमाको सहयोगबाट फाइदा मिल्नेछ । सामाजिक कार्यले सम्मानित स्थान दिलाउनेछ । तर, स्वास्थ्यमा समस्या आउन सक्छ । सम्झौताले खिन्नता बढाउनेछ भने बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिने छ । भूमि तथा मातृधनबाट लाभ लिने समय छ । विगतका कमजोरीलाई सुधार गर्ने मौका छ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सों सोमाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाण्डौ, नेपालको अक्षांश : २७:४२ उत्तर तथा देशान्तर : ८५:१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

The post तपाईंको आजको राशिफल/वि.सं. २०७४ पौष १८ गते मङ्गलबार तदनुसार ई. सं. २०१८ जनवरी ०२ तारिख, appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.