४०० फिटको भीरबाट फालिएका युवक ५ दिनपछि जिउँदै निस्किए, मरेको सम्झेर शोकाकुल थियो परिवार

एक युवतीसँगको प्रेमको विषयलाई लिएर अन्य ३ युवकले निर्घात कुटपिट गरी हातखुट्टा बाँधेर ४ सय फिट अग्लो भीरबाट फालिएका युवक ५ दिनपछि जिउँदै निस्किएका छन् । उनलाई ती ३ युवकले अपहरण गरेका थिए । भारतको इन्दौर शहरका बिएस्सीमा पढिरहेका २० वर्षका युवक मृदुल भल्लालाई अपहरण गरेर ती युवकले ३१ किलोमिटर टाढा लगेर निर्घात कुटपिट गरेपछि हातखुट्टा बाँधेर भीरबाट फालेका थिए । उनीहरुले हत्याको नियतले माथिबाट ढुंगा समेत लडाइदिएका थिए ।

यता घरबाट उनी बेपत्ता भएपछि परिवारले प्रहरीमा उजुरी गरेका थिए । शुक्रबार प्रहरी घटनास्थलमा शंका लागेपछि भीरबाट तल गएको थियो । घटनास्थलबाट ४ सय मिटर तल पुग्दा प्रहरीले मृदुलको कपडा देख्यो । ४५ मिनेट लगाएर भीरबाट तल जाँदा प्रहरीले मृदुललाई झरनामा घोल्टो परेर लडेको अवस्थामा भेट्यो । प्रहरीले उनलाई पल्टाउँदा उनको मुखबाट हावा निस्कियो । जिउँदै देखेपछि प्रहरीले घटनास्थलमै डाक्टर बोलायो ।

दिउँसो १२ बजे उनलाई माथि ल्याएर इन्डेक्स मेडिकल कलेज पु¥याइयो । प्रहरीका अनुसार मृदुललाई ७ जनवरीका दिन दिउँसो २ बजे फ्यााकिएको थियो । १२ जनवरीका दिनसम्म त्यस्तो स्थानमा उनलाई जीवितै देखेर डाक्टर पनि चकित परेका छन् । डाक्टरका अनुसार मृदुलका हातखुट्टा चिसोले ककरिएका थिए तर उनको मुटु फोक्सो र कलेजोमा धेरै चोट थिएन । ढुंगाले घाउ भइको भए पनि घोप्टो अवस्थामा नालीमा फस्दा उनको रक्तश्राव रोकियो । चिसो भएका कारण घाउका त्यति धेरै संक्रमण पनि हुन पाएन । सास फेर्न पनि कुनै समस्या नभएका कारण उनी जीवितै रहन सके ।

घटनाको मुख्य आरोपी २४ वर्षका आकाश रत्नाकर भएको बताइएको छ । आफ्नी प्रेमिकासँग मृदुल नजिकिएको आशंकामा उनले हत्याको प्रयास गरेका थिए । उनका साथी २० वर्षका विजय परमार र रोहित भनिने २३ वर्षका पियुष परेतासँग मिलेर आकाशले आफ्नै दाजुको स्विफ्ट कारमा मृदुलको अपहरण गरेका थिए । आकाशले दूधवालाको फोन मागेर मृदुललाई फोन गरेर आफ्नी प्रेमिकाका काका बनेर भेट्न बोलाएका थिए । तीनै जना आरोपी फरार छन् र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

The post ४०० फिटको भीरबाट फालिएका युवक ५ दिनपछि जिउँदै निस्किए, मरेको सम्झेर शोकाकुल थियो परिवार appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.