खाली पेटमा भुलेर पनि नखानुहोस् यी खानेकुराहरु , विष बराबर हुन्छ

कसैको बानी हुन्छ विहान बेडमै चिया पिउने । कतिपय विहान काम गर्ने व्यक्ति खाली पेटमा जे पायो त्यहि खाएर निस्कछन् । तर हामीमध्ये धेरैलाई थाहा छैन होला, कुनै खाना खाली पेट खानु भनेको विष सेवन गर्नुजस्तै हुन्छ । केही यस्ता खाना छन् जसलाई खाली पेट खाँदा हाम्रो स्वास्थ्यमा नराम्रो असर पर्न जान्छ ।

मसालेदार खाना – बिहान–बिहानै ब्रेकफास्टमा स्पाईसी वा धेरै पिरो खानेकुरा कहिले खानु हुँदैन । यसले पुरै दिन पेटमा एसिडिटी बनाउँछ र यसले अल्सर जस्ता रोगलाई पनि निम्यात्उन सक्छ ।

सफ्ट ड्रिङ्स – सफ्ट ड्रिङ्स विषेश गरी कोल्ड ड्रिन्क्स खाली पेटमा कहिले पिउनु हुँदैन । यसमा उच्च मात्रामा कार्बोनेट एसिड हुन्छ । जुन पेटको एसिडसँग मिसिँदा गम्भीर समस्याको कारण बन्न सक्छ । त्यस बाहेक पेटमा ग्यास भरिने तथा वान्ता हुने जस्ता समस्याले पनि सताउन सक्छ ।

चिसो पेय पदार्थ – खाली पेटमा भुलेर पनि चिसो पेय पदार्थ पिउनु हुँदैन । जस्तै कोल्ड कफी वा कोल्ड ड्रिन्क्स । यसले तपाइको पेटको मुकस मेम्ब्रेन अर्थात् पेटको पाचन क्रियामा सक्रिय कोषलाई हानी पुर्याउन सक्छ । खाली पेट चिसो पेय पिउनाले पाचन क्रियालाई सुस्त बनाउँछ । त्यसैले तपाई मनतातो पानी अथवा ग्रीन टी पिएर आफ्नो दिनको सुरुवात गर्न सक्नु हुन्छ ।

अमिलो फल – खाली पेटमा अमिलो फल खानु पनि हानिकारक हुन्छ । जस्तै सुन्तला, कागती, अम्बा आदि फल खाली पेट खानु हुँदैन । यसले पेटमा एसिड बन्छ । उसो त यसले तपाईलाई फाइबर र फ्रुक्टोज प्राप्त हुन्छ तर तपाईको पाचन प्रक्रिया सुस्त हुन्छ । त्यसैले यी फल खाली पेट नखानुस् ।

चिया–कफी – खाली पेट चिया र कफी पिउनु पनि तपाईको स्वास्थ्यको लागि हानीकारक हुन सक्छ । चिया तथा कफि पिउनाले तपाईलाई एसिडिटी पनि हुन सक्छ । कफीले हाइड्रोक्लोरिक एसिडको गतिलाई रोक्छ, जसले गर्दा ग्यास्ट्रकिको समस्या हुन्छ । यस्तै चियामा पनि उच्च मात्रामा अम्ल (एसिड) हुन्छ जसले तपाईको पाचन प्रक्रियालाई असर पुर्याउनुका साथै पेट दुख्ने समस्या उत्पन्न हुन सक्छ ।

The post खाली पेटमा भुलेर पनि नखानुहोस् यी खानेकुराहरु , विष बराबर हुन्छ appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.