यी प्रेमी जोडीले विवाह गर्ने कहिले ?

काठमाडौँ – ग्लामरस क्षेत्रमा प्रेम सम्बन्ध कुन बेला जो जोडिन्छ कुन बेला तोडिन्छ यसको कुनै ठेगाना नै हुदैन भन्ने गरिन्छ ।

हालसम्म देखिएका उदाहरणहरु हेर्दा त्यस्तै लाग्न पनि सक्छ । तर यही क्षेत्रमा यस्ता जोडी पनि छन् जो लामो समयदेखि प्रेंम सम्बन्ध खुलेमा पक्षी बनेर उडिरहेका छन् ।

ती जोडीको प्रेम चर्चा त भई नै हाल्छ भने मंसिर सकिएर माघ लागिसकेको अवस्थामा ती जोडीहरुलाई बिवाह कहिले गर्ने प्रश्नहरु तेर्सिने गरेका छन् । आउनुस जानौ बिवाह गर्न बाँकी रहेका प्रेमी जोडीहरुका बारेमा :

बर्षा राउत– संजोग कोईराला

करिब ६ बर्षदेखि प्रेम सम्बन्धमा रहेका बर्षा र संजोग सबैमाझ खुलेका प्रेमी जोडी हुन् । बर्षा आफनो करियरमा व्यस्त रहेकीछिन् भने संजोग आफनो व्यवसायसंगै चलचित्र क्षेत्रमा पनि लागि नै रहेका छन् । प्रेमको लामो समय संगै बिताईसकेका बर्षा र संजोगले बिवाहको बारेमा भने अहिले नै नसोचेको बताईरहेका छन् । यद्धपी यी दुईको बिवाह हेर्न आतुर धेरै शुभचिन्तकहरु धेरै छन् ।

नम्रता श्रेष्ठ– दावा स्टीभन शेर्पा

करिब दुई बर्षदेखि एकअर्कालाई डेट गरिरहेका नम्रता दावाले सार्वजनिक रुपमा आफनो सम्बन्धको बारेमा बोलेका छैनन् । तर यी दुईको प्रेम सम्बन्धको बारेमा भने जगजाहिर रहेको छ । सार्वजनिक कार्यक्रम वा घुमफिर होस प्राय संगै रहने नम्रता र दावाले आफनो सम्बन्धको बारेमा नै नबोलेको कारण बिवाहको अवधारण बुझने मौका कसैलाई मिलेको छैन् । यसअघि नम्रताको अन्य संग पनि प्रेम सम्बन्धको चर्चा रहेको थियो । यस्तोमा भबिष्यमा यी दुईको बिवाह होला नहोला त्यो भबिष्यकै गर्भमा रहेको छ ।

प्रियंका – आयुषमान देसराज जोशी

नेपाली चलचित्र क्षेत्रमा चर्चित प्रेमी जोडीमध्येका एक हुन प्रियंका आयुषमान । आफनो प्रेम सम्बन्धको कारण नै लामो समय आलोचित हुन पुगेक प्रियंका र आयुषमानलाई दुबैको परिवारले प्रेम र बिवाहको लागि हरियो झण्डा देखाईसकेका छन् । सबैको चासो रहेको यो जोडीले कम्तीमा पनि तीन बर्ष बिवाह नगर्ने बताउदै आएका छन् ।

संयम पुरी – आश्मा डिसी

चलचित्र क्षेत्रमा अब्बल अभिनयका कारण सबैले रुचाएका नायक हुन संयम पुरी । यतिबेला खासै पर्दामा नआएका संयम र नायिका आश्मा डिसी पनि लामो समयदेखि प्रेम सम्बन्धमा रहेको जोडी हुन । एका टेलिभिजन शोमा भेटेपछि झाँगिएको यी दुईले सार्वजनिकरुपमा नै आफनो प्रेम स्वीकार गरिसकेका छन् । यतिबेला लफिल्मी करियरमा दुबै जना खासै चर्चामा छैनन तर यी दुईको प्रेम र बिवाहको बारेमा भने सबैको चासो रहेको पाईन्छ ।

साम्राज्ञी – मयंक खडका

नेपाली चलचित्र क्षेत्रमा यतिबेलाका चर्चित नायिका हुन् साम्राज्ञी । उनको प्रेमी डेजाभु कल्वका मालिकसमेत रहेका मयंकसंग छ । सामाजिक सञ्जालमा यी दुईले एकअर्काका तस्बिरहरु सेयर गर्ने गरेका छन् तर दुबै जनाले सार्वजनिकरुपमा आफनो प्रेमको बारेमा केही बोलेका छैनन् । भर्खरै मात्र आफनो करियरमा दौडिरहेकी साम्राज्ञी र मयंकको बिवाह यति चाडै नै सम्भवत सम्भावना नै नहोला ।

आना शर्मा– सोनाम छिरिङ शेर्पा

‘जेरी’ फेम नायिका आना शर्माले सार्वजनिक रुपमा आफनो प्रेमको बारेमा नबोले पनि उनको सोनाम छिरिङ शेर्पा संगको प्रेमबारेमा चलचित्र क्षेत्र नै अवगत छ । यसअघि अनमोलसंग नाम जोडिएकी आनाले सामाजिक सञ्जालमा सोनामसंग अंकमाल गरेको तस्बिर सेयर गरेपछि यी दुईको प्रेममा लाल मोहरै लागेको सबैले बुझेका थिए । पछिल्लो समय ‘ग्याङस्टर व्लुज’ मा देखिएकी आनाको करियर खासै नचलिरहेको अवस्थामा आना र सोनामको बारेमा धेरै दर्शकमाझ उत्सुकता रहेको छ ।

The post यी प्रेमी जोडीले विवाह गर्ने कहिले ? appeared first on Taja nepali news.

http://ift.tt/2EWwsvX
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.