विद्या चापागाईले डेढ लाख तलब पाउने साझा सवाल किन छोडिन् ? यस्तो छ भित्री कारण

साझा सवालकि होष्ट विद्या चापागाईंले बीबीसी मिडिया एक्सनबाट विदा लिएकी छिन् ।

बेलायती प्रसारण संस्था बीबीसीको आइएनजिओ बीबीसी मिडिया एक्सनले बिगत लामो समयदेखि उत्पादन र प्रशारण गरिरहेको यो कार्यक्रममा आर्थिक संकट उत्पन्न भएपछि विद्याले यस्तो निर्णय लिएकि हुन् ।

उनको बिदाइसँगै अव उक्त कार्यक्रम कसले संचालन गर्छ भन्ने अन्यौल त भएको छ नै, बीबीसी मिडिया एक्सनभित्र फन्ड सकिंदै लागेका बेला अव यो कार्यक्रम बन्द हुन्छ वा चलिरहन्छ भन्ने अर्को प्रश्न उठेको छ ।
५ हजारको कोठा खोज्दै विद्या !

यसो त लाखौँको तलव छाडेर विद्या त्यसै भने बस्न लागेकी होइनन् । उनी जागिरेबाट उद्यमी बन्न लागेकी छिन् ।

विद्या चापागाइँले ‘काठमाडौँ काठमाडौँ’ गुगल ग्रुपमा केही दिनअघि एउटा विज्ञापन पोस्ट गरिन्- सानेपा धोबिघाट एरियामा ५/६ हजार भाडा पर्ने एउटा कोठा खोज्दैछु, सानो अफिस सेटअपका लागि ।

उनले किन यस्तो लेखिन् भन्ने बुझ्दा उनले साझा सवाल छाडेर आफ्नै कार्यक्रम सुरु गर्न लागेको पत्ता लागेको हो । उनी निकट स्रोतका अनुसार उनी मिडिया हाउस र एनजीओ संचालनको तयारीमा छिन् ।

नारायण श्रेष्ठले कार्यक्रम छोडेपछि उनी प्रतिष्पर्धाबाट कार्यक्रम सञ्चालकको रुपमा छानिएकी थिइन् । झण्डै चार वर्ष साझा सवाल चलाएर विद्याले डिसेम्बरको अन्त्यसँगै कार्यक्रमलाई सधैँका लागि बाइबाइ गरेकी छिन् । उनले प्रतिमहिना डेढलाख हाराहारीमा तलव पाउने गरेकी थिइन् ।
अव कसले गर्ला कार्यक्रम संचालन ?

यसो त विद्याले छाडेपछि साझा सवाल कसले चलाउला भन्ने प्रश्न पनि उठेको छ ।

संस्थाले कार्यक्रम संचालन गर्न सक्ने केहि प्रतिभाहरुको समेत खोजी गरिरहेको छ । विद्याले छाडेपछि कार्यक्रम संचालन गर्ने जिम्मेवारी दिन केहि ठुलै कहलिएका पत्रकारले समेत अनौपचारिक आग्रह गरेको समेत बुझीएको छ ।

तर पैसा कम भएर कार्यक्रमको भविष्यनै अन्योलमा परेका बेला अव कार्यक्रम कसले संचालन गर्ला भन्ने प्रश्न पनि उस्तै टड्कारो बनेको छ । – यो खबर अर्थ सरोकारबाट साभार गरिएको हो ।

The post विद्या चापागाईले डेढ लाख तलब पाउने साझा सवाल किन छोडिन् ? यस्तो छ भित्री कारण appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.