घाटमा चितामा सुताएपछि बाँचिन् यी महिला, अस्पतालमा आफन्तको आन्दोलन

डाक्टरले मृत्यु भइसकेको भनेपछि अस्पतालबाट श्मशानघाट लगेर अन्तिम संस्कारको तयारी भइरहँदा अचानक महिला जीवित भएपछि मलामीहरुमा हंगामा भएको छ । सुत्केरी व्यथा लागेर अस्पताल भर्ना भएकी भारत मध्यप्रदेश छतरपुर जिल्लाकी २८ वर्षीया भगवती अहिरवारलाई शुक्रबार डाक्टरहरुले मृत घोषित गरेका थिए ।

शुक्रबार दिउँसो १२ बजे सुत्केरी व्यथा लागेर अस्पताल भर्ना गरिएकी उनले एक स्वस्थ छोरीलाई जन्म दिएकी थिइन् । छोरीलाई जन्म दिएपछि आमाको मृत्यु भएको भनिएको थियो । जिल्ला अस्पतालका डाक्टरले नै मृत भनेपछि भगवतीलाई अन्तिम संस्कारको लागि श्मशानघाट लगियो । तर, जब शवलाई चितामा सुताइयो अचानक शरीरमा हलचल भयो ।

शरीरमा हलचल भएपछि परिवारले तत्काल उनलाई छतरपुर जिल्ला अस्पताल लिएर गए । जाँदाजाँदै बाटोमै एम्बुलेन्सको अक्सिजन सकियो । जसका कारण महिलाको हात झनै नाजुक बन्दै गयो । अस्पताल पुग्नु अगावै महिलाको मृत्यु भयो । यो देखेर एम्बुलेन्स चालक महिलालाई स्ट्रेचरमा भुइँमा झारेर एम्बुलेन्स लिएर फरार भएका छन् । जिल्ला अस्पतालका डाक्टरले दोस्रो पटक महिलालाई मृत घोषित गरेका छन् । उनलाई डाक्टरले दोस्रो पटक मृत घोषित गरेपछि भगवतीका परिवारले यसलाई डाक्टरको लापरवाही भन्दै शव उठाउन मानेका छैनन् । उनीहरुले अस्पतालमै आन्दोलन सुरु गरेका छन् । dcnepal

The post घाटमा चितामा सुताएपछि बाँचिन् यी महिला, अस्पतालमा आफन्तको आन्दोलन appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.