एउटै कार्यक्रममा चर्चित गायक बद्री पंगेनीले भावुक गीत गाएर १० हजार दर्शकलाई रुवाएपछि

नेपालगन्ज । माघ ३ देखि सन्चालन भैरहेको मुसवेटवा बाबा तथा खजुरा महोत्सवमा शनिबार लोक तथा दोहोरी गायक बद्री पंगेनिले दर्शक रुवाएका छन । करिव दश हजार दर्शकको उपस्थीतीमा बर्दिले आमा घरमा आउदिन बोलको गित गाएर सुरुमै उपस्थित दर्शकलाई रुवाए । मन्द बोलि सगै मन्चको तल आएर पंगेनिले आमाहरुको मन छुने गित गाए । गत वर्ष पनि खजुरा महोत्सबमा आएर गायक पंगेनिले आमाहरु रुवाएका थिए । सुरुमा भावुक गित गाएर दर्शक रुवाएका पंगेनिले रातो पछेउरी गित गाएर नचाए ।

अत्याधिक चिसोमा पनि उपस्थीत दर्शक नाचेर माहोल तताएका थिए । झण्डै एक दर्जन गित गाएर खजुरा महोत्सवमा आएका दर्शकलाई दर्शकलाई साझै सम्म बस्न बाध्य बनाए । बर्दिको गित सगै झुमेका दर्शकले महोत्सव अत्याधिक सफल बनेको प्रतिक्रिया दिए । मौसमको प्रतिकुलताका कारण अन्य कलाकार आउन नपाएपनि बर्दिले कुनै पनि कमि हुन नदिएको आयोजकले प्रतिक्रिया दिएका छन । महोत्सब सगै मुसवेटवा बाबाको मजारको अन्तराष्ट्रीय प्रचार प्रसारमा मदत पुगेको महोत्सवका संम्योजक तिलकविर सुनारले बताए । कृषि, पर्यटन, सास्कृतिक एवं ऐतिहासिक धार्मिक मुसवेटवा बाबाको प्रवद्र्धनको उद्देश्यले महोत्सव आयोजना गरीएको महोत्सवमा स्टलहरु भरीभराउ रहेकाले पनि दर्शक आउने क्रम बढ्दै गएको आयोजकले जनाएको छ ।

आयोजक आधुनिक युवा सञ्जाल खजुराका अध्यक्ष सुनारले महोत्सवबाट प्राप्त हुने मुनाफा मुसवेटवा बाबाको मजारको मर्मतका लागी खर्च गरिने जनाए । महोत्सवमा १ सय ५० वटा मुख्य स्टलहरु रहेपनि अन्य साना स्टलहरु ब्ढ्ने क्रम रहेको सम्योजक सुनारले बताए । महोत्सवमा एक करोड बढी कारोबार हुने र उक्त कारेबारको नजिक पुगिसकेको आयोजकले जनाएको छ । खजुरा गाउँपालिका वडा नम्बर ४ मा रहेको मुसवेटवा बाबाको मजार रहेको स्थानमा लाग्ने मेला माघ १० गते सम्म सन्चालन हुने बताइएको छ । महोत्सवमा एक लाख बढिले अवलोकन गर्ने आयोजकले विस्वास लिएको छ । भोलि आइतबार रमेशराज भट्राई र प्रीति आले प्रस्तुतिकालागी महोत्सबमा आउने सास्कृतिक उप समितिका सम्योजक तिलक गाउलेले जनाए । etajakhabar

The post एउटै कार्यक्रममा चर्चित गायक बद्री पंगेनीले भावुक गीत गाएर १० हजार दर्शकलाई रुवाएपछि appeared first on Taja nepali news.

http://ift.tt/2DsrJG9
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.