१ अर्ब खर्चिएर अब बुटवलदेखि पाल्पासम्म केवलकार ! (ग्राफिक भिडियोसहित)

२३ पुस, बुटवल । बुटवलको देउरालीदेखि पाल्पाको नुवाकोट गढीसम्म केवलकार सञ्चालन हुने भएको छ । केबलकारको निर्माण आगामी बैशाखभन्दा अगाडिबाटै सुरु हुने सिद्धार्थ केवलकार कम्पनीले कम्पनीले जानकारी दिएको छ ।

१ अर्व लागतमा निर्माण गर्न लागिएकोे यो केबलकार २०२० को जनवरी सम्ममा सञ्चालनमा ल्याउने सिद्धार्थ केवलकारका संचालक राजेन्द्रसिंह गुरुङ बताउँछन् ।

करिब २ किमी लामो सो केबलकारको निमार्र्णका लागि आवश्यक जग्गा उपलब्ध गराउन बुटवल सामुायिक वन उपभोक्ता समिति सहमत भइसकेको छ ।

शनिबार आयोजित उपभोक्ता समितिको बैठकले समेत आवश्यक जग्गा उपलब्ध गराउने निर्णय गरेको संचालक गुरुङ्गले जानकारी दिए । यस केबलकारको निर्माणपछि प्रत्यक्ष रुपमा ६० जना र अप्रत्यक्ष रुपमा १ सय ५० जनाभन्दा बढीले रोजगारी प्राप्त गर्ने कम्पनीको दावी छ ।

यो केवलकारमा ९० वटा डिब्बा राख्ने कम्पनीको योजना छ । केवलकारको लागि करिब ७ बिगाहा जग्गा आवश्यक पर्ने र सो जग्गा खरिदको लागि प्रक्रिया समेत अघि बढाएको गुरुङले जानकारी दिएका छन् ।

onlinekhabar

The post १ अर्ब खर्चिएर अब बुटवलदेखि पाल्पासम्म केवलकार ! (ग्राफिक भिडियोसहित) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.