ट्रकको ठक्करले धुजाधुजा भयो टेम्पो, सडकमा छरियो १२ जनाको लाश

तीव्र गतिमा रहेको एक ट्रकले टेम्पोलाई ठक्कर दिदा कम्तीमा १२ यात्रुको मृत्यु भएको छ । ठक्करका कारण टेम्पो सडकमै धुजाधुजा भएको र सडकभरी लाश छरिएको प्रहरीले जनाएको छ ।

झारखन्ड राज्यको गुम्ला जिल्लाको एक राजमार्गमा आइतबार अबेर राति हिन्दुहरुको पर्व मनाएर फर्किरहेका व्यक्तिहरुको मृत्यु भएको बताइएको छ । प्रान्तीय राजधानी राँचीबाट १०० किलोमिटर टाढा रहेको स्थानमा सो घटना भएको छ । यस घटनामा ट्रक चालक पनि घाइते भएको गुम्ला प्रहरी प्रमुख अन्शुमनकुमारले एएफपी समाचार समितिलाई बताए ।

यस घटनामा गम्भीर घाइते भएका चारजना यात्रुको अस्पतालमा उपचार भइरहेको बताइएको छ । भारत विश्वको तुलना बढी मात्रामा सडक दुर्घटना हुने देशको सुचीमा पर्दछ । खराव स्थितमा रहेको सडक, मर्मत नभएको सवारी साधन र चालकको लापरबाहीका कारण भारतमा सडक दुर्घटना बढी मात्रामा हुने गरेका अधिकारीहरुको भनाई छ ।

भारतमा सडक दुर्घटनामा प्रत्येक बर्षमा १ लाख ५० हजार भन्दा बढीको मृत्यु हुने गरेको सरकारी तथ्याङ्कले जानकारी दिएको छ । गत डिसेम्बरमा भारतीय पश्चिमी राज्य राजस्थानमा एउटा बस नदीमा खस्दा भएको सडक दुर्घटनामा परी कम्तीमा ३२ व्यक्तिको मृत्यु भएको थियो ।

The post ट्रकको ठक्करले धुजाधुजा भयो टेम्पो, सडकमा छरियो १२ जनाको लाश appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.