भर्खर सिन्धुपाल्चोक बाट आयो यस्तो दु:खद खबर

भर्खर सिन्धुपाल्चोक बाट आयो यस्तो दु:खद खबर चौतारा, ३० पुस सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नपा– ५ चौतारामा गएराति मिनीट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा लिसंखु पाखर गाउँपालिका– ७ ठूलो पाखर निवासी चालक ३१ वर्षीय शशिकुमार लामा र सनाखत हुन नसकेका अर्का एक पुरुष रहेका छन् ।

लामाको घटनास्थलमा र अर्का पुरुषको उपचारका क्रममा जिल्ला अस्पताल चौतारामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विमल कँडेलले जानकारी दिनुभयो ।भूकम्पपीडितको घर निर्माणका लागि गिटी बोकेर सोही नपाको वडा नं ६ गिदानेतर्फ गइरहेको बा४ख २९६० नंको मिनीट्रक गएराति करिब १२ बजे सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

यो पनि हेर्नुहोस: काठमाडौँ, ३० पुस — त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त मेडिकल कलेजहरू सरकारले तोकेकै शुल्क र योग्यता सूची (मेरिट) का आधारमा एमबीबीएस भर्ना लिन तयार भए पनि विद्यार्थीले दुइटा कलेजमा मात्र भर्ना हुन रुचि देखाएका छन् ।चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) ले त्रिवि सम्बन्धनप्राप्त ८ वटा मेडिकल कलेजमा भर्ना लिन बिहीबार र शुक्रबार आईओएमको प्रवेश परीक्षा पास भएका ३ हजार ३ सयमध्ये १ हजार ६ सय विद्यार्थीलाई ‘ओपन हाउस काउन्सिलिङ’ मा बोलाएको थियो ।

काउन्सिलिङमा सहभागी अधिकांश विद्यार्थीले काठमाडौंको महाराजगन्ज मेडिकल कलेज र नेपाली सेनाको स्वयम्भूस्थित नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना हुन रुचाए । यी दुवै कलेजमा पूरा सिट भरिए पनि अन्य ६ वटा कलेजमा अझै सिट खाली छन्, कान्तिपुरमा खबर छ । lokaantar

The post भर्खर सिन्धुपाल्चोक बाट आयो यस्तो दु:खद खबर appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.