४३५ करोडको प्राइभेट जेट, विश्वका बेस्ट कारहरु र १० बंगलाका मालिक, यी हुन् संसारकै सबैभन्दा धनी अभिनेता (फोटो सहित)

काठमाडौं, २५ पुस । हलिउडका सबैभन्दा चर्चित अभिनेता ड्वेन जोनसनको अर्को नाम ‘द रक’ हो । तपाईले कहिलेपनि डबल्यूडबल्यूई देख्नुभएको छ, भने तपाईलाई यो नाम थाहा छ ।

रिङका बादशाह भन्ने ड्वेन जोनसन केही बर्ष देखि अभिनयमा पोख्त देखिएका छन् । हालै फोर्ब्सले उनलाई संसारका सबैभन्दा धनी अभिनेताको सूचीको पहिलो नम्बरमा राखेको छ । यो ममलामा उनले हलिउडका चलेका स्टारहरुलाई पछि छोडेका छन् ।

यस्तो छ, उनको पर्दापछिको जिन्दगी

तपाईलाई लाग्न सक्छ की ड्वेन डबल्यूडबल्यूई रिङबाट निक्लिएर सिधै हलिउड गएका हुन् । यदी तपाईले यो सोच्नु भएको छ, भने गलत हुनुहुन्छ । उनी पहिले फुटबल खेलाडी थिए । रेसलर बनेपछि उनलाई अभिनयको अफर आउन थाल्यो ।

अहिले ड्वेनको पुरै बर्षको कमाई ४०० करोड भन्दा माथि छ । फोर्ब्सका अनुसार ड्वेनको बार्षिक आम्दानी ४३२ करोड रुपैंया छ । यो मामलामा उनलाई हलिउडका केही ठूला कालकारलाई पछि छोडेका छन् । जसमा ज्याकी च्यान, ब्रेड पिट समेत सामेल छन् । पैसाले पैसा तान्छ भनेझै ड्वेन आफ्नी पत्नीको सहयोगमा एक प्रोडक्शन कम्पनी समेत चलाउछन् । यो प्रोडक्शन हाउसले अहिलेसम्म केी सफल फिल्म र टिभी शो निर्माण गरेको छ ।

ड्वेन आफ्ना फ्यानहरुका लागी सँधै केही न केही नयाँ चिज लिएर आउँछन् । उनले फ्लोरिडामा करिब १० वटा घर किनेका छन् । यी सबै घर उनले १० बर्ष भित्र किनेका हुन् । फ्लोरिडामाएक आलिशान घर छ, जसको मूल्य ३७ करोड हो । दास्रो ५ बेडरुमवाला घरको मूल्य २३ करोड रुपैंया हो । २०१२ मा क्यालिफोर्नियामा पनि ६ वेडरुपमवाला घर ३३ करोडमा उनले किनेका छन् । उनको भर्जिनियामा एक फर्म हाउस समेत छ ।

उनको शाही सवारी छ । उनको प्राइवेट विजनेश जेट गल्फस्ट्रिम जी ६५० छ । उनी परिवारका साथ यही जेटमा यात्रा गर्छन् । मार्केटमा यो जेटको मूल्य करिब ४३५ करोड रुपैंया छ । उनीसँग इटालियन कम्पनीको सुपर कार पागानी ह्युएरा पनि छ । उनी आफै कार चलाउन मन पराउँछन । यो कारको मूल्य ६.७ करोड हो । यस्तै लेम्बोर्गिनी, फेरारी जस्ता महंगा कार समेत उनीसँग छन् । उनी आफ्नो स्वास्थ्यलाई ख्याल गर्दै खानामा (कड फिस) माछा खान्छन् ।

यसको मूल्य १ लाख रुपैंया पर्ने बताइन्छ । आफ्नो फिटनेसका लागि उनी महिनामा लाखौं खर्च गर्छन् । उनलाई घडी एकदमै मनपर्छ । उनले संसारको सबैभन्दा महंगो घडी कम्पनी रोलेक्सको घडी लगाउने गर्छन् । जसको मूल्य लाखौं पर्छ ।

बलिउड स्टार कति नम्बरमा पर्छन् ?

यो सूचीमा बलिउडका शाहरुख खान १० औं नम्बरमा छन् । त्यसपछि अक्षयकुमार १२ औं, सलमान खान १६ औं, अमिताभ बच्चन २१ औं र अभिनेत्री दीपिका पादुकोण ३० औं स्थानमा छन् । एजेन्सी

The post ४३५ करोडको प्राइभेट जेट, विश्वका बेस्ट कारहरु र १० बंगलाका मालिक, यी हुन् संसारकै सबैभन्दा धनी अभिनेता (फोटो सहित) appeared first on Taja nepali news.

http://ift.tt/2CMsw0n
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.